टान निर्वाचनका लागि निलहरि बाँस्ताेला समुहद्धारा उम्मेदवारी • Nepal's Trusted Digital Newspaperटान निर्वाचनका लागि निलहरि बाँस्ताेला समुहद्धारा उम्मेदवारी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • टान निर्वाचनका लागि निलहरि बाँस्ताेला समुहद्धारा उम्मेदवारी

टान निर्वाचनका लागि निलहरि बाँस्ताेला समुहद्धारा उम्मेदवारी

  • समाचारपाटी
  • शनिबार, साउन २८, २०७९
टान निर्वाचनका लागि  निलहरि बाँस्ताेला समुहद्धारा उम्मेदवारी

पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अध्यक्षका उम्मेदवार निलहरि बाँस्तोलाले अध्यक्ष निर्वाचित भएमा ट्रेकिङ व्यवसायीहरुको हक हीतमा काम गर्ने टान बनाउने योजना रहेको बताउनुभएको छ ।

बिहीवार टानको साउन ३० गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन पश्चात उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ट्रेकिङ व्यवसायीहरुले खोजेको जस्तो नभएको भन्दै अहिले व्यवसायीहरुले चाहेको जस्तो टान बनाउने प्रतिवद्धता जनाउनु भयो । अध्यक्षका उम्मेदवार बाँस्तोलाले अध्यक्षको नेतृत्व गर्न पाए ट्रेकिङ व्यवसायीहरुको हक हीतको लागि लडने व्यवसायीहरुको संरक्षण र व्यवसायको हीतमा काम गर्ने बताउनु भयो । उहाँले दुई वर्षको कार्यकालमा टानको कार्यसमितिमा बसेर काम गरेको अनुभव र पर्वतीय पर्यटनमा २७ वर्ष काम गरेको अनुभवलाई ट्रेकिङ व्यवसायीहरुको हीतमा लगाउन चाहेको बताउनु भयो । अध्यक्षका उम्मेदवार बाँस्तोलाले पूर्व अध्यक्षहरुले छाडेको अनुभव र योजनालाई साकार पार्ने पनि प्रविद्धता जनाउनु भयो । उहाँले टानको अध्यक्षको निर्वाचित भएमा दुई वर्षको कार्यकालमा क्यालेण्डर वेसमा काम गर्ने बताउनु भयो । उहाँले अत्याधुनिक प्रविधिको युगको अर्थात २०२२को समयमा पनि ट्रेकिङ व्यवसायीहरुले चाहेको जस्तो टान हुन नसकेकाले अब व्यवसायीहरुले चाहेको टान बनाउने योजना रहेको बताउनु भयो । बाँस्तोलाले अहिलेसम्म व्यवसायीहरुले टान खोज्नुपर्ने अवस्थाको अन्त्य गर्दै टानले व्यवसायी खोज्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ हाम्रो टिमले सम्पूर्ण ट्रेकिङ व्यवसायीहरुको हक हीतको लागि लडने व्यवसायीहरुको व्यवसायको संरक्षण गर्ने र व्यवसायको हीतको लागि उभिनुपर्ने स्थानमा उभिन तयार छु । दुई वर्षको समयको लागि हाम्रो टिम यो यो काम गर्ने भनेर समय छुटयाएर आएका छौं । दुई कार्यकाल टानको अनुभव मेरो पर्वतीय पर्यटनमा काम गरेको २७ वर्षको अनुभव व्यवसायीहरुको हितमा लगाउन चाहन्छु । म काममा बढी विस्वास गर्ने मान्छे व्यवसायीहरुको अगाडि ठूला भाषण गर्नुछैन । दुई वर्ष टानको नेतृत्वमा बसेर काम गर्ने मौका दिनुस । टानको आवश्यकता,ट्रेकिङ व्यवसायीहरुले तिरेको पैसा के हुन्छ भन्ने विषय उजागर गर्नेछौं । पूर्व अध्यक्षहरुले छाडेको अनुभव र योजनालाई साकार पार्ने योजना बनाएका छौं । तीन वर्षदेखि व्यवसायीहरुको हीतमा काम गर्छु भनेर भनेको छु । दुई वर्षको लागि हामीले क्यालेण्डर बेसमा काम गर्नेछौं । अहिले अत्याधुनिक प्रविधिको युगको २०२२ को समयमा पनि चाहेको जस्तो टान बनाउन सकिएको छैन । हाम्रो नेतृत्वले योजनाका साथ काम गरेर अहिलेको समयमा चाहिने टान, व्यवसायीहरुको हितमा काम गर्ने टान हामीले बनाउने छौं । टानको कामलाई इलाइबेरीको रुपमा काम गर्ने छौं । अहिलेसम्म व्यवसायीहरुले टान खोजेको समय हो । अब टानले व्यवसायी खोज्ने बनाउन आवश्यक छ । १८ सय कम्पनी टानको सदस्य हुँदै गर्दा ४ सय कम्पनीले मात्रै काम गरेको अवस्था छ । धेरै कम्पनी खोलेर विदेश पलायन भएका साथीहरु छन । त्यो कम्पनीका साथीहरु जोगाउनको लागि बजार व्यवस्थापनको योजना बनाउनु पर्नेछ । व्यवसायीहरुसँग बसेर ट्रेकिङ क्षेत्रको योजना बनाउने छौं । घोषणा पत्र नै व्यवसायीहरुको माझमा प्रस्तुत गर्नेछौं ।’

टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन । अध्यक्ष पदमा कमल सापकोटाको प्यानलसहित उम्मेवारी मनोनयन हुनेछ भने बोधराज भण्डारीले अध्यक्ष स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता भएको छ । बाँस्तोला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिव होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङदोर्शी शेर्पा रहेका छन । त्यस्तै सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविननाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठीले उम्मेदवारी मनोनयन गराएका छन । टानको ४४औँ साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने मतदानका लागि एक हजार दुई सय ५० मतदाता रहेका छन । अध्यक्षका प्रत्यासी बाँस्तोलालाई नेपाली काँग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेकपा (एमाले) निकट पर्यटन व्यवसायी सङ्गठन र नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायी सङ्गठनले चुनावी सहकार्य रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका