गण्डकी प्रदेशमा सूचनाको हक सम्बन्धी विधेयक पारित • Nepal's Trusted Digital Newspaperगण्डकी प्रदेशमा सूचनाको हक सम्बन्धी विधेयक पारित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गण्डकी प्रदेशमा सूचनाको हक सम्बन्धी विधेयक पारित

गण्डकी प्रदेशमा सूचनाको हक सम्बन्धी विधेयक पारित

  • समाचारपाटी
  • शनिबार, साउन २८, २०७९
गण्डकी प्रदेशमा सूचनाको हक सम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । विहिबारको प्रदेश सभाबाट उक्त विधेयक पारित भएको हो । कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले मन्त्रालयद्वारा पेश गरिएको उक्त विधेयकले नागरिकलाई सही सूचना प्रवाह गर्ने बताउनुभयाे । उहाँले विधेयक अन्य प्रदेश भन्दा उत्कृष्ट बनेको दाबी गर्नुभएकाे छ ।

विज्ञहरुसँग व्यापक छलफल गरेर विधेयक पारित गरिएको भनाई उहाँको छ । ‘गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा बनेको विधेयक विज्ञहरुलाई राखेर व्यापक छलफल गरि पारित गरिएको हो । यसमा खोट लगाउने ठाउँ छैन । केही सुझावहरु आएका छन् । जसलाई आत्मसात् गर्दै अगाडि बढ्न सकिन्छ ।’, उहाँले भन्नुभयाे । विद्यायन समितिका सभापति विष्णु प्रसाद लामिछानेले प्रदेश नियमावलीअनुसार विधेयक पारित भएको बताउनुभयाे। उहाँले विधिसम्मत रुपमा विधेयक पारित भएको हुँदा प्रतिपक्षबाट विरोध समेत नभएको बताउनुभयाे। ‘हामीले विधिसम्मत नै विधेयक पारित गरेका छौं । प्रतिपक्षका विचारलाई समेत आत्मसात् गर्दै यो विधेयक आएको हो ।’ सांसद विनोद केसीले सूचनाको हकसम्बन्धि विधेयक प्रभावकारी भएको बताउनुभयाे । उहाँले विधेयक बनाएर मात्रै नहुने कार्यन्वयन पक्षमा समेत ध्यानदिनुपर्ने आवश्यकतालाई औंल्याउनुभकाे छ ।

सांसद सरिता गुरुङले गण्डकी प्रदेश सरकारले ल्याएको सूचना सम्बन्धि विधेयक सुचनाको हकबाट जनतालाई वञ्चित गराउनुहुँदैन भन्ने उद्देश्य स्वरुप आएको तर्क प्रस्तुत गर्नुभयाे । विधेयक जनमुखी, सैद्धान्तिक, नीतिसम्बद्ध रहेको भनाई उहाँको छ ।

सांसद साबित्रा रानाले विधेयकले कार्यन्वयनमा गएमात्र सार्थकता पाउने बताउनुभयाे । उहाँले प्रदेश सरकारले बनाएका विधेयकहरुलाई कार्यन्वयनमा लैजान सके मात्र प्रभावकारी हुने बताउनुभयाे । २०७८ चैत्र २० गते प्रदेश सभामा दर्ता भएको सूचना विधेयक २०७८ चैत्र २३ गते
प्रदेश सभामा पेश गरिएको थियो । चैत्र २५ गते विद्यायन समितिमा दफाबार छलफलका लागि पठाइएको विधेयक विहिबार विद्यायन समितिको प्रतिवेदन सहित पारित भएको हो ।

विद्यायन समितिको प्रतिवेदन

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका