कास्कीका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना व्यक्ति पक्राउ • Nepal's Trusted Digital Newspaperकास्कीका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना व्यक्ति पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कास्कीका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना व्यक्ति पक्राउ

कास्कीका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना व्यक्ति पक्राउ

  • समाचारपाटी
  • शनिबार, साउन २८, २०७९
कास्कीका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना व्यक्ति पक्राउ

पाेखरा ।  कास्की जिल्लाका विभिन्न ३ स्थानबाट  जिल्ला प्रहरी कार्यालय, कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागू औषध सहित ८ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

साउन २५ गते जिल्ला कास्की अन्नपूर्ण गाउँपालिका वडा नं ९ स्थायी घर भए हाल पोखरा महानगरपालिका वडा नं १४ चाउथे बि पी मार्ग बस्ने वर्ष २१ को प्रमिस गुरुङको साथबाट लागू औषध ब्राउनसुगर (खैरो धूलो पदार्थ)३५ ग्राम सहित प्रहरी टोलीले पक्राउ गरेको हाे ।

साउन २५ गते जिल्ला कास्की पोखरा महानगरपालिका २ बाग्लुङ बसपार्क नजिकै जिल्ला म्याग्दी घर भएका हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ३ नदिपुर बस्ने वर्ष २८ को माईकल भन्ने दिपक पुन, वर्ष २५ को प्रदिप फगामी र जिल्ला पर्वत
मोदी गाउँपालिका  ४ लेसपार्क घर भएका हाल जिल्ला कास्की पोखरा महानगरपालिका १८ अधेरीकुना बस्ने वर्ष ३० को लबिन पुनको साथबाट लागू औषध डाईजापाम २५ एम्पुल, फेनेरागन २६ एम्पुल र नुर्फिन २५ एम्पुल गरी जम्मा ७६ एम्पुल लागू औषध सहित प्रहरीले पक्राउ गरेको हाे ।

साउन २५ गते कास्की पोखरा महानगरपालिका वडा नं ३० पावरहाउस चोक स्थित सवारी साधन चेकजाँच गर्दा तनहुँबाट पोखरा तर्फ आउँदै गरेको बसमा सवार जिल्ला रूपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं २ बस्ने वर्ष २० को द्वारिका लोध, जिल्ला रूपन्देही मायादेवी गाउँपालिका वडा नं ६ बनगाई बस्ने वर्ष १७ को परिवर्तित नामथर लेखनाथ १०, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ११ रानिपौवा बस्ने वर्ष २७ को सन्दिप गुरुङ र जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ११ काँहुडाँडा बस्ने वर्ष २७ को विश्व कार्कीको साथबाट लागू औषध डाईजापाम १०० एम्पुल, फेनेरागन १०० एम्पुल र नुर्फिन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल सहित फेला पारी प्रहरीले पक्राउ गरेकाे हाे ।

सबै  लागू औषध सहित फेला परेका व्यक्तिलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका