८ सय १५ जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट ५ जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaper८ सय १५ जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट ५ जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ८ सय १५ जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट ५ जनाकाे मृत्यु

८ सय १५ जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट ५ जनाकाे मृत्यु

  • समाचारपाटी
  • बिहिबार, साउन २६, २०७९
८ सय १५ जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट ५ जनाकाे मृत्यु

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ८ सय १५ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट ५ जनाकाे मृत्यु भएकाे छ । पछिल्लो २४ घन्टामा २ हजार ४ सय ११ जनाकाे पिसिआर परीक्षण गर्दा ४ सय ६५ जना र २ हजार १ सय २३ जनाकाे एनटिजेन परीक्षण गर्दा ३ सय ५०  जना गरी ८ सय १५ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय ७६ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर ५ हजार ८ सय ६९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

३१ हजार ७ सय ६१ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर ९ लाख ७४ हजार २ सय ९५ जना काेराेना मुक्त भएका छन् ।

४ हजार ५ सय ३४ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ८२ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका