राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य तथा श्रम तथा रोजगार विभाग प्रमुखमा प्रतिक श्रेष्ठ मनोनित • Nepal's Trusted Digital Newspaperराष्ट्रिय युवा संघको केन्द्रिय सदस्य तथा श्रम तथा रोजगार विभाग प्रमुखमा प्रतिक श्रेष्ठ मनोनित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य तथा श्रम तथा रोजगार विभाग प्रमुखमा प्रतिक श्रेष्ठ मनोनित

राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य तथा श्रम तथा रोजगार विभाग प्रमुखमा प्रतिक श्रेष्ठ मनोनित

  • समाचारपाटी
  • बिहिबार, साउन २६, २०७९
राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य तथा श्रम तथा रोजगार विभाग प्रमुखमा प्रतिक श्रेष्ठ मनोनित

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको दोस्रो पूर्ण बैठक मार्फत युवाहरुका ढुकढुकी, प्रेरणाको श्रोत, युवा व्यवसायी, समाजसेवी तथा युवा नेता क. प्रतिक श्रेष्ठ राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्यमा तथा श्रम तथा रोजगार विभागको प्रमुख मनोनित हुनुभएकाे छ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष क केपी शर्मा ओली, बिशेष अतिथिहरुमा क. इश्वर पोखरेल, क. सुबाश नेम्बाङ्ग, क. प्रदिप ज्ञवाली लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

क. प्रतिक एक निडर स्पष्ट बक्ता र स्वच्छ छबि भएको युवा नेताको रुपमा नेकपा एमाले भित्र आफ्नो बलियो पकड बनाउदै आफ्नो राजनीतिलाइ जनमुखी बनाउदै मुर्त रुप दिन हर समय लागिपर्नुभएकाे छ । पार्टी भित्रको कुनै पनि काम गर्न पछि नहट्ने संगठन निर्माण देखि नेतृत्वदायी भुमिका सम्ममा आफुलाई अब्बल रुपमा उभ्याउन सफल र एक समाजसेवीको समेत परिचय बनाउन सफल युवा नेता श्रेष्ठ सधै जनता र सर्बसाधारणको काम गर्न रुचि राख्नुहुन्छ । देश र समाजलाइ परिवर्तन गर्न आफै बाट सुरुवात गर्नु पर्छ भन्ने सोच लिएका श्रेष्ठले युवाहरुलाइ एक ढिक्का बनाउदै सशक्त रुपमा आफु अगाडी बढ्ने बताउनुभएकाे छ। एक्सन ओरेन्टियड छवि बनाउनुभएका श्रेष्ठ अब आउदा दिनहरुमा समाजमा भएका कुरीतिहरु बिरुद्ध लड्दै जाने र पार्टी भित्र र बाहिर पनि सशक्त आवाज उठाउँदै जाने कुरा समेत उहाँ बताउँनुहुन्छ।

बिगत लामो समय देखि राजनीतिमा सक्रिय क प्रतिक श्रेष्ठ युवाहरु माझ लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्छ। काठमान्डौं क्षेत्र न ४ मा बसोबास गर्दै आउनुभएका युवा नेता श्रेष्ठ सामाजिक कार्यमा समेत सक्रिय रुपमा लागिपर्नुभएकाे छ। काठमान्डौं क्षेत्र न ४ का जनता माझ लोकप्रिय युवा नेताको छबि बनाउनुभएका श्रेष्ठ भबिष्यको त्यस क्षेत्रका उदयिमान नेताको रुपमा राम्रो पकड बनाउनुभएका बलिया प्रतिस्पधि समेत हुनुहुन्छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका