गायक प्रेम गुरुङ्ग कान्छाको स्वरमा “तम तम ङोल्स्यो म्हिथेवा” सार्वजनिक • Nepal's Trusted Digital Newspaperगायक प्रेम गुरुङ्ग कान्छाको स्वरमा “तम तम ङोल्स्यो म्हिथेवा” सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायक प्रेम गुरुङ्ग कान्छाको स्वरमा “तम तम ङोल्स्यो म्हिथेवा” सार्वजनिक

गायक प्रेम गुरुङ्ग कान्छाको स्वरमा “तम तम ङोल्स्यो म्हिथेवा” सार्वजनिक

  • समाचारपाटी
  • बिहिबार, साउन २६, २०७९
गायक प्रेम गुरुङ्ग कान्छाको स्वरमा “तम तम ङोल्स्यो म्हिथेवा” सार्वजनिक

काठमान्डाैँ । गायक प्रेम गुरुङ्ग कान्छा र गायिका प्रिया गुरुङ्गको स्वरमा “तम तम ङोल्स्यो म्हिथेवा ” गीतको भिडियो सार्वजनिक भएको छ । लमजुङ्ग जिल्लामा जन्मेर अमेरिका रहेर नेपाली कला, संस्कार र सँस्कृति जर्गेनाको लागी दिन रात जिवनको कुनै प्रवाह नगरि तमु समुदायको भाषा र सँस्कृतिलाई जर्गेना गर्नुपर्छ भन्ने सोचका साथ आफु लागी परेको गायक प्रेम गुरुङ्गले बताउनुभयाे ।

केश बहादुर गुरुङ्गको शब्द तथा संगीतमा रहेको गीतमा गुरुङ्ग समुदाय भित्रको युवा युवती विचको प्रेमका भावहरुलाई समेटिएको छ । शम्भु मोक्त्तान र रविन थापा मगरको छायाँकन , बन्दे प्रसादको सम्पादन तथा भुपेन्द्र गुरुङ्गको निर्देशन भिडियोमा रहेको छ । आकर्षक रुपमा तयार पारिएको भिडियोमा प्रिया गुरुङ्ग र प्रेम गुरुङ्गको अभिनय देख्न सकिन्छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका