परिणाममुखी काम गर्न गैर सरकारी संस्थाहरुलाइ जिल्ला समन्वय समिती कास्की प्रमुख पौडेलको निर्देशन • Nepal's Trusted Digital Newspaperपरिणाममुखी काम गर्न गैर सरकारी संस्थाहरुलाइ जिल्ला समन्वय समिती कास्की प्रमुख पौडेलको निर्देशन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • परिणाममुखी काम गर्न गैर सरकारी संस्थाहरुलाइ जिल्ला समन्वय समिती कास्की प्रमुख पौडेलको निर्देशन

परिणाममुखी काम गर्न गैर सरकारी संस्थाहरुलाइ जिल्ला समन्वय समिती कास्की प्रमुख पौडेलको निर्देशन

  • समाचारपाटी
  • बिहिबार, साउन २६, २०७९
परिणाममुखी काम गर्न गैर सरकारी संस्थाहरुलाइ जिल्ला समन्वय समिती कास्की प्रमुख पौडेलको निर्देशन

पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गैरसरकारी संस्थाहरुलाइ परिणाममुखी काम गर्न निर्देशन दिनुभएकाे छ। पौडेलले केही गैरसरकारी संस्थाहरू नाफा कमाउन बढी केन्द्रित हुने गरेको आरोप लाग्ने गरेको भन्दै जनताका आवश्यकतालाइ मध्यनजर राखेर नीति तथा योजना निर्माणमा लाग्न आग्रह गर्नुभयाे ।

प्रमुख पौडेलले सो कुरा जिल्ला समन्वय समितीले कास्कीलाइ कार्यक्षेत्र बनाएर विभिन्न क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुको लागि आयोजना गरेको दुई दिवसिय समिक्षा बैठकमा बोल्दै उक्त कुरा बताउनुभएकाे हाे।

उहाँले हरेक क्षेत्र पारदर्शिता ,जबाफदेहिता र उत्तरदायित्व बिना सफल नहुने भन्दै जनहितलाइ केन्द्र बिन्दुमा राखेर गरिने काम नै           मुल्याङ्कनको सहि आधार हुने बताउनुभयाे।

सो अवसरमा जिल्ला समन्वय अधिकारी नवराज बरालले हरेक संस्थाहरुलाइ गुनासोरहित काम गर्न आग्रह गर्नुभयाे। बरालले बिद्यमान नीति नियमको पूर्ण पालना सहित जसले जहाँबाट काम गरे पनि जनताका लागि नै हुनु पर्ने बताउनुभयाे।
गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डा बुद्धि बहादुर थापाले समृद्ध कास्की निर्माणको लागि गैर सरकारी सन्स्थाहरुको मजबुत भुमिका हुने बताउनुभयाे।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य ,गैरसरकारी सस्था महासंघका केन्द्रिय सदस्य बिना सिलवाल ,प्रदेश अध्यक्ष पदम पहारी लगाएतले उद्घाटन सत्रमा शुभकामना मन्तव्य ब्यक्त गर्नुभएकाे थियाे । कार्यक्रममा ९८ वटा रास्टिय तथा अन्तर्राष्ट्रिय सस्थाको सह्भागिताको सुचीपत्र प्राप्त भएकोमा २७ वटा सस्थाले समिक्षा प्रतिबेदन प्रस्तुति गरेको जिल्ला समन्वय समिति कास्कीले जनाएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका