सानिमा बैंकले ल्यायो दुई करोड अमेरिकी डलर बराबरको ऋण सहायता • Nepal's Trusted Digital Newspaperसानिमा बैंकले ल्यायो दुई करोड अमेरिकी डलर बराबरको ऋण सहायता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सानिमा बैंकले ल्यायो दुई करोड अमेरिकी डलर बराबरको ऋण सहायता

सानिमा बैंकले ल्यायो दुई करोड अमेरिकी डलर बराबरको ऋण सहायता

  • समाचारपाटी
  • बिहिबार, साउन २६, २०७९
सानिमा बैंकले ल्यायो दुई करोड अमेरिकी डलर बराबरको ऋण सहायता

सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को दुई करोड अमेरिकी डलर बराबरको ऋण सहायता ल्याएको छ ।

बुधवार बैंकले काठमान्डौंमा पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले लघु, साना तथा मझौला उद्योग (एमएसएमइज) का लागि २ करोड अमेरिकी डलर ऋण भित्रयाएको जानकारी दिएको हो । सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को सहायतामा २ करोड अमेरिकी डलर ऋण मुलुकभित्र ल्याएको हो । पत्रकार सम्मेलनमा बोल्र्दै कार्यक्रममा बोल्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निश्चलराज पाण्डेले अहिलेको तरलताको असहज परिस्थितमा पनि आइएफसीबाट प्राप्त रकमले एमएसएमइज सेक्टरमा कर्जा प्रवाह गर्न सहजता हुने बताउनु भयो । उहाँले आइएफसीसँगको सम्झौता अनुसार प्राप्त रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्ने प्रतिबद्धता जनाउनु भयो ।

सानिमा बैंक स्वयंले पनि साना तथा लघु उद्योग माझ आफ्नो व्यवसाय फैलाएको वाणिज्य बैंक हो । बैंकले कर्जा पोर्टफोलियोको ३५ प्रतिशत ऋण लघु साना तथा मझौला उद्योगमा बिस्तार गरेको छ । ४४ अर्ब रुपैयाँ बराबरको कर्जा यस्ता लघु उद्योगहरूलाई बैंकले प्रदान गरेको छ । बैंकले २५०० लघु उद्यमीहरूले उक्त कर्जाको उपयोग गरेका छन । कर्जाको उपलब्धताको परिणाम स्वरूप यी उद्योगहरूले ५ हजार रोजगारी श्रृजना गर्न सफल समेत भएको बैंकले दाबी गरेको छ । बैंकले आगामी दिनमा साना मझौला तथा घरेलु उद्योगहरूलाई सहयता गरी थप दुई हजार रोजगारी श्रृजना गर्ने लक्ष्य लिएको छ ।

sanima

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका