'फाहोर व्यवस्थापनमा सायद संसारकै अग्रणी रहेछ जापान, सबै व्यवस्थापन छ':-पुष्पकमल दाहाल • Nepal's Trusted Digital Newspaper'फाहोर व्यवस्थापनमा सायद संसारकै अग्रणी रहेछ जापान, सबै व्यवस्थापन छ':-पुष्पकमल दाहाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘फाहोर व्यवस्थापनमा सायद संसारकै अग्रणी रहेछ जापान, सबै व्यवस्थापन छ’:-पुष्पकमल दाहाल

‘फाहोर व्यवस्थापनमा सायद संसारकै अग्रणी रहेछ जापान, सबै व्यवस्थापन छ’:-पुष्पकमल दाहाल

  • समाचारपाटी
  • बिहिबार, साउन २६, २०७९
‘फाहोर व्यवस्थापनमा सायद संसारकै अग्रणी रहेछ जापान, सबै व्यवस्थापन छ’:-पुष्पकमल दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिले रोक्नु नहुने बताउनुभएको छ ।

पाँच दिने जापान भ्रमणबाट बुधवार नेपाल फर्किने क्रममा त्रिभूवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले नागरिकता विधेयक प्रमाणिकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्नु नहुने बताउनु भयो । उहाँले नागरिकता प्रमाणिकरणका लागि ढिलो गर्नु नहुने पनि बताउनु भयो । सञ्चारकर्मीहरुको जिज्ञासाको संक्षिप्त जवाफ दिदैँ उहाँले भन्नुभयो – ‘उहाँले भन्नुभयो – राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने मलाई लाग्छ । र ढिलो नहुनुपथ्र्यो ।’

त्यस्तै अध्यक्ष दाहालले जापान भ्रमणका क्रममा लिवरल डेमोक्रेटिक पार्टी जापानका पूर्व महासचिव, वरिष्ठ नेता, पूर्व अर्थ, व्यापार र उद्योग मन्त्री संसद सदस्य एवं नेपाल–जापान संसदीय समितिका सभापति तोसिहिरो निकाइसँगको भेटमा एकअर्काको सहयोगलाई अभिवृद्धि गर्ने कुरा भएको बताउनु भयो । उहाँले आफूले सो भेटमा नेपालको फोहोर व्यवस्थापनका लागि र टेनेलका लागि जापानको सहयोग मागेको बताउनु भयो । जापानले नेपालमा कृषि, पर्यटन, पूर्वाधार निर्माण लगायतको क्षेत्रमा लगानी बढाउन पनि आफूले आग्रह गरेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘मैले तत्काल हामीलाई सहयोग एउटा त उहाँहरुको टनेल टेक्नोलोजी धेरै माथि गएको छ । टेलिकम्युनिकेशनसँग सहकार्यका कुरा । फाहोर व्यवस्थापनमा सायद संसारकै अग्रणी रहेछ जापान । सबै व्यवस्थापन छ । त्यसकारण फोहोर व्यवस्थापनमा हामीलाई तत्काल सहयोग चाहियो भन्ने कुरा पनि हामीले गर्यौँ । नागढुंगामा जापानकै सहयोगमा टनेल बन्दैछ । धेरै टनेलतिर हामी जान्छौँ । त्यसमा पनि जापानको विकास र प्रगती, टेक्नोलोजी हामीलाई चाहिन्छ । लगानी पनि जापानको बढी होस भनेर पनि कुरा गरियो । त्यस्तै हाइड्रोमा लगानी बढी होस । एग्रिकल्चर सेक्टरमा बढी लगानी आवश्यक छ भनेर हाम्रो प्राथमिकता टुरिजम, एग्रिकल्चर, इलेक्ट्रीफिकेसन र इन्फास्ट्रक्चर यि कुरा गरियो र निकै राम्रो वातावरणमा विचारको आदान–प्रदान पनि भयो र एकअर्काको सहयोगलाई अभिवृद्धि गर्ने कुरापनि राम्रो वातावरणमा भयो ।’

उहाँले आफनो जापान भ्रमण राम्रो भएको प्रतिक्रिया दिनुभयो । उहाँले आफनो भ्रमणका क्रममा जापानमा रहेका नेपालीहरु र जापानी अधिकारीहरुको पनि सक्रिय सहभागिता रहेको बताउनु भयो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका