'देशलाई एकतावद्ध गरेर लैजान पनि राष्ट्रिय दलहरुको बीचमा राष्ट्रिय सहमतिको जरुरी छ’:- देव गुरुङ • Nepal's Trusted Digital Newspaper'देशलाई एकतावद्ध गरेर लैजान पनि राष्ट्रिय दलहरुको बीचमा राष्ट्रिय सहमतिको जरुरी छ’:- देव गुरुङ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘देशलाई एकतावद्ध गरेर लैजान पनि राष्ट्रिय दलहरुको बीचमा राष्ट्रिय सहमतिको जरुरी छ’:- देव गुरुङ

‘देशलाई एकतावद्ध गरेर लैजान पनि राष्ट्रिय दलहरुको बीचमा राष्ट्रिय सहमतिको जरुरी छ’:- देव गुरुङ

  • समाचारपाटी
  • बिहिबार, साउन २६, २०७९
‘देशलाई एकतावद्ध गरेर लैजान पनि राष्ट्रिय दलहरुको बीचमा राष्ट्रिय सहमतिको जरुरी छ’:- देव गुरुङ

नेकपा माओवादी केन्द्र का नेता देव गुरुङले नेपालसामु सैन्य युद्ध आतंकको खतरा रहेको बताउनुभएको छ ।

बुधवार काठमान्डौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्व साम्रज्यवादले अहिले नेपालसहित पूर्वी मुलुकमा इण्डोप्यासिफिकको सम्झौता अघि सारेर सैन्य युद्ध मच्चाउन लागेको बताउनु भयो । नेता गुरुङले पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको उल्लेख गर्दै नेपाललाई सैन्य अड्डा र दवन्दवस्थल बनाउने खतरा रहेको दाबी गर्नुभयो । उहाँले देशलाई सैन्य क्रिडास्थल बनाउने प्रक्रियाबाट जाँदा नेपाल कुनैदिन अफगानिस्तान र दोस्रो युक्रेनमा परिणत हुनसक्ने चेतावनी दिनुभयो । उहाँले नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुने भन्दै राष्ट्रिय स्वाधिनताको मुद्दाहरू सबै पार्टी र जनता एकसाथ हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्व साम्रज्यवादले जुन प्रकारको युद्ध आतंक मच्चाउन खोजिरहेको छ, साउथ एशिया र इण्डो प्यासिफिक क्षेत्रमा युद्ध आतंक मच्चाउन खोजिरहेको छ । पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको छ । पूर्वमा इण्डोप्यासिफिक अघि सारेर युद्ध मच्चाउन खोजिरहेको छ । युद्धको स्थितिले गर्दा तत्काल नेपालको स्थिति के हो भन्ने प्रश्न उठेको छ । नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने प्रक्रियाबाट जाने हो भने नेपाल कुनैदिन अफगानिस्तान, युक्रेन हुनसक्ने खतरा छ । हामीसामु युद्ध र सैन्य गतिविधिको खतरा छ । हामीसामु युद्ध आतंकको खतरा छ । युद्धको रुपमा नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुन्छ । देशलाई एकतावद्ध गरेर लैजान पनि राष्ट्रिय दलहरुको बीचमा राष्ट्रिय सहमतिको जरुरी छ ।’

उहाँले नेपालको इतिहासमा सुगौली सन्धीदेखि नै नेपालको राष्ट्रिय स्वाधिनता कुण्ठित हुँदै आएको बताउनु भयो । उहाँले नेपालमा खुला सीमानाका कारण जनसांख्यिक अतिक्रमण, अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको वृद्धि र राजश्व छली भइरहेको बताउनु भयो । यस्ता घटनाको गम्भीर असर देशको अर्थतन्त्रमा परिरहेको बताउनु भयो । उहाँले नेपाल र भारतबीचको खुला सीमा नियन्त्रित र व्यवस्थित गर्नुपर्ने बताउनु भयो । उहाँले पासवर्ड र भिसाको व्यवस्था गरेर मात्रै यो समस्या समाधान हुने भन्दै खुला सीमा भएकै कारण कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभागमा अतिक्रमण बढीरहेको बताउनु भयो । उहाँले खुला सीमाना नियतवश राखिएको भन्दै यसलाई राज्य सञ्चालकहरुले सीमा नियन्त्रण र व्यवस्थित गर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको इतिहासमा सुगौली सन्धीदेखि नेपालको राष्ट्रिय स्वाधिनता एकप्रकारले कुण्ठित हुँदै आइरहेको छ । सीमाना खुम्चिएको अवस्था छ । तर खुम्चिएको सीमाना पनि व्यवस्थित हुन सकेको छैन । नियन्त्रित हुन सकेको छैन । खुला सीमानाको अवस्था छ । संसारका प्रायः सबै मुलुकको सीमाना बन्द छ, सीमाना नियन्त्रित छ । भिसा, पासवर्डको व्यवस्था छ । तर विडम्वना हाम्रो र भारतबीच अझैसम्म खुला सीमाना छ । खुला अवस्थाका कारण नै हामीमाथि जनसांख्यिक अतिक्रमणको समस्या परेको छ, अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको बढीरहेको समस्या परेको छ । राजश्व छलीकको समस्या छ । जसले मुलुकको अर्थतन्त्रमाथि नै गम्भीर समस्या परेको छ । यस्ता समस्याले नेपालको राष्ट्रिय स्वाधिनता र अस्मितामाथि समस्या पैदा भएको छ । यो स्थितिमा सीमा नियन्त्रित गर्नुपर्छ, व्यवस्थित गर्नुपर्छ, पासवर्ड र भिसाको व्यवस्था गर्नुपर्छ । पछिल्लो समय सीमा अतिक्रमण झनै बढदै गइरहेको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभागमा अतिक्रमण हुनुका साथै थुप्रै स्थानमा सीमा अतिक्रमण भइरहेको छ । राज्य सञ्चालकहरुले सीमा नियन्त्रण र व्यवस्थित गर्न सकिएन । नियतवश खुला सीमाना राखेकाले अतिक्रमणको प्रक्रिया रहिरहेको छ । यसकै कारण नेपाल अर्ध उपनिवेशको रुपमा आइरहेको छ ।’

उहाँले खुला सीमानाका कारण नै नेपालको नागरिकतामा यसको असर परिरहेको बताउनु भयो । उहाँले खुला सीमानाले आप्रवासीको जनसंख्या बढेको पनि बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका