‘कुनै कुनै आयोजना जति छिटो सक्छौँ त्यति राज्यले प्रतिफल पाउँछ':- गणेशप्रसाद तिमिल्सिना • Nepal's Trusted Digital Newspaper‘कुनै कुनै आयोजना जति छिटो सक्छौँ त्यति राज्यले प्रतिफल पाउँछ':- गणेशप्रसाद तिमिल्सिना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘कुनै कुनै आयोजना जति छिटो सक्छौँ त्यति राज्यले प्रतिफल पाउँछ’:- गणेशप्रसाद तिमिल्सिना

‘कुनै कुनै आयोजना जति छिटो सक्छौँ त्यति राज्यले प्रतिफल पाउँछ’:- गणेशप्रसाद तिमिल्सिना

  • समाचारपाटी
  • बुधबार, साउन २५, २०७९
‘कुनै कुनै आयोजना जति छिटो सक्छौँ त्यति राज्यले प्रतिफल पाउँछ’:- गणेशप्रसाद तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिँदा लाभ लिनबाट वञ्चित हुनुपरेको बताउनुभएको हो । उहाँले मेलम्ची आयोजनाको काम अहिलेसम्म नसकिँदा पानीको कारणले कति स्वास्थ्यलाभ गर्ने अवसरबाट वञ्चित हुनुपरेको बताउनु भयो । अध्यक्ष तिमिल्सिनाले आयोजना ढिलो हुँदा लागत बढदै गएको र सरकारले यति ठूला आयोजनाको लागत बढदै जाँदा धान्न मुस्किल हुने भन्दै कामहरु समयमै सक्नुपर्ने बताउनु भयो । उहाँले सरकारले योजना गर्दा व्यवहारिक गर्न नसकेको भन्दै उहाँले त्यसलाई सच्याएर अघि बढन आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रिय गौरव भनिरहँदा राष्ट्रिय गौरवका आयोजनाको निश्चित परिभाषा, निश्चित अर्थ र महत्व हुनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री, अर्थमन्त्री वा अन्य मन्त्री र सरकारको पहुँचमा रहेका नेताहरुको मन परेको योजनालाई बनाउने कुरा हुनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनै कुनै आयोजना जति छिटो सक्छौँ त्यति राज्यले प्रतिफल पाउँछ । कुनैपनि आयोजना ढिला हुँदा लागत बढीहाल्छ । त्यसको लाभ हामीले जे लिने हो त्यो ढिलो गरेर लिन्छौँ । मेलम्ची आयोजना पहिल्यै सकिनुपथ्र्यो । यो नसकिँदा आजसम्म हामीले पानीको कारणले कति स्वास्थ्यलाभ गर्ने अवसरबाट वञ्चित हुनुपरेको छ । त्यसकारण आयोजना समयमै सक्नुपर्छ । तामाकोशी जलविद्युत आयोजना ढिलो हुँदा लागत बढदै गएको छ, राज्यले पाउने चिज गुमाउँदै गएको छ । त्यसकारण समयमै काम सक्नुपर्छ । हामीले योजना गर्दा शुरु र अन्त्य कहिलेसम्म भन्दा व्यवहारिक गरेनौँ कि ? यदी व्यवहारिक नगरे व्यवहारिक गर्नुपर्छ । पहिलो कुरा त राष्ट्रिय गौरवका आयोजना भनेर भनिरहँदा राष्ट्रिय गौरवका आयोजनाको निश्चित परिभाषा र निश्चित अर्थ, महत्व हुनुपर्छ । प्रधानमन्त्रीलाई कहिले मन लाग्यो, यो राष्ट्रिय आयोजनामा राखौँ, अर्थ मन्त्रीलाई मन लागे यो राष्ट्रिय आयोजनामा राखौँ, अरु मन्त्री, सरकारमा पहुँच हुने नेताले भनेर राख्ने भन्ने हुनुहुँदैन । त्यसकारण त्यसको निश्चित परिभाषाका साथ राष्ट्रिय गौरव भन्न लायक योजनालाई मात्रै राखौँ नत्र छैन भने हटाऔँ । समयमै काम सम्पन्न नभएका योजनाका बारेमा समितिले निगरानी राख्नुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले समयमै योजनाहरुको काम सकिएको छ वा छैन भन्ने बारेमा समितिले निगरानी बढाउनुपर्ने बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका