लाइफ इन्स्योरेन्स कम्पनीद्धारा इन्स्योरेन्सका म्यानेजर उदासलाई 'बिमा रत्न'बाट सम्मान • Nepal's Trusted Digital Newspaperलाइफ इन्स्योरेन्स कम्पनीद्धारा इन्स्योरेन्सका म्यानेजर उदासलाई 'बिमा रत्न'बाट सम्मान • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लाइफ इन्स्योरेन्स कम्पनीद्धारा इन्स्योरेन्सका म्यानेजर उदासलाई ‘बिमा रत्न’बाट सम्मान

लाइफ इन्स्योरेन्स कम्पनीद्धारा इन्स्योरेन्सका म्यानेजर उदासलाई ‘बिमा रत्न’बाट सम्मान

  • समाचारपाटी
  • बुधबार, साउन २५, २०७९
लाइफ इन्स्योरेन्स कम्पनीद्धारा इन्स्योरेन्सका म्यानेजर उदासलाई ‘बिमा रत्न’बाट सम्मान

पोखरा । बिमा रत्नबाट पोखराका विक्रम उदास सम्मानित हुनुभएकाे छ । उत्कृष्ट कार्य गरेको भन्दै इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर उदासलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक कार्यक्रमकाबिच बिमा रत्नबाट सम्मान गरेको हो ।

उदासले करिब १ सय जनाको बिमा गराउँदा आर्थिक बर्ष २०७९÷८० मा करिब ३ करोड प्रिमियम संकलन गरी नेपाल टप बन्न सफल हुनुभएकाे हाे । पुरस्कार स्वरुप उहाँले टिभिएस ब्राण्डको मोटरसाइकल र डेल कम्पनीको ल्यापटप प्राप्त गर्नुभएकाे कम्पनीका लामाचौर शाखा प्रमुख सुर्य राज चपाइले जानकारी दिनुभएकाे हाे ।

उहाँलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार लाल कर्ण र अप्लाइनर रेशम गौतमले पुरस्कारसहित सम्मान गर्नुभयाे । कार्यक्रममा बोल्दै सिइओ कर्णले बिमाको महत्वको बारेमा स्पष्ट पार्नुभएकाे थियाे ।

कम्पनीका गण्डकी प्रदेश प्रमुख टिएन आचार्य , उपप्रमुख गणेश धमला, युनाइटेड गोल्डमार्टका सञ्चालक महेन्द्र गुभाजु, लगायतले कार्यक्रममा  बोल्नुभएको  थियाे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका