'यो संसदले अझै थुप्रै कानूनहरु बनाउन बाँकी छ':-कानूनमन्त्री गोविन्दप्रसाद शर्मा • Nepal's Trusted Digital Newspaper'यो संसदले अझै थुप्रै कानूनहरु बनाउन बाँकी छ':-कानूनमन्त्री गोविन्दप्रसाद शर्मा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘यो संसदले अझै थुप्रै कानूनहरु बनाउन बाँकी छ’:-कानूनमन्त्री गोविन्दप्रसाद शर्मा

‘यो संसदले अझै थुप्रै कानूनहरु बनाउन बाँकी छ’:-कानूनमन्त्री गोविन्दप्रसाद शर्मा

  • समाचारपाटी
  • बुधबार, साउन २५, २०७९
‘यो संसदले अझै थुप्रै कानूनहरु बनाउन बाँकी छ’:-कानूनमन्त्री गोविन्दप्रसाद शर्मा

संसदमा बोल्दै कानूनमन्त्री गोविन्द प्रसाद शर्मा कोईराला

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोईरालाले चालु संसद अधिवेशन अझै केही समय चल्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री शर्माले चालु संसद अधिवेशन केही समय अझै चल्ने बताउनुभएको हो । उहाँले यो संसदले धेरै कानूनहरु बनाउन बाँकी रहेको उल्लेख गर्दै सम्भव भएसम्मका कानूनहरु बनाइने बताउनु भयो । मन्त्री शर्माले राज्यको विभिन्न क्षेत्रमा अझैपनि सकारात्मक विभेद आवश्यक रहेको बताउनु भयो । उहाँले राजनीतिक क्षेत्रको अलावा लोकसेवा आयोगले समेत सकारात्मक विभेदको व्यवस्था गरेको भन्दै अरु ठाउँहरुमा पनि सकारात्मक विभेद गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कानून संशोधनको निर्वाचन आयोगले गरिरहेको प्रयासलाई केही कानूनहरु अझै संसदमा ल्याउँछौँ र यो संसद चल्छ । यो संसदले अझै थुप्रै कानूनहरु बनाउन बाँकी छ । यो संसद चल्ने भएको हुनाले सम्भव हुने चिजहरु आयो र त्यसले सुधार गर्ने भयो भने सरकार अहिले पनि त्यसलाई अगाडी बढाउन तयार छ । केही कुरामा सकारात्मक विभेदको स्कोप अहिले पनि छ । जति हामीले राजनीतिक सहभागितामा गरेका छौँ नि । अरु कुरामा सकारात्मक विभेदहरु अरु अरु ठाउँमा पनि शुरु गर्नुपर्छ । अरु ठाउँमा पनि गरिएको छ नगरिएको होइन । तर अहिलेको मोडल रिभ्यु हुन आवश्यक छ ।’

उहाँले हरेक कानूनहरु लैंगिक समतायुक्त बनाउनुपर्ने बताउनु भयो । मन्त्री शर्माले महिलाको मर्यादालाई अवमूल्यन गर्ने हानिकारक सामाजिक अभ्यास र कुप्रथाबिरुद्ध अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका