कात्तिकमा सीएनआई रोजगार तथा सीप मेला– २०२२ हुने • Nepal's Trusted Digital Newspaperकात्तिकमा सीएनआई रोजगार तथा सीप मेला– २०२२ हुने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कात्तिकमा सीएनआई रोजगार तथा सीप मेला– २०२२ हुने

कात्तिकमा सीएनआई रोजगार तथा सीप मेला– २०२२ हुने

  • समाचारपाटी
  • बुधबार, साउन २५, २०७९
कात्तिकमा सीएनआई रोजगार तथा सीप मेला– २०२२ हुने

सीएनआई रोजगार तथा सीप मेलाको पत्रकार सम्मेलन

नेपाल उद्योग परिसंघले कात्तिक १७ गते देखि २० गतेसम्म सीएनआई रोजगार तथा सीप मेला गर्ने भएको छ । परिसंघले मंगलवार पत्रकार सम्मेलन गरी आगामी कात्तिक १७ गतेदेखि २० गतेसम्म काठमान्डौंको भृकुटीमण्डपमा सीएनआई रोजगार तथा सीप मेला– २०२२ हुने जानकारी दिएको हो । चार दिने मेलामा २ सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागी हुने परिसंघले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारले मेलामा सीप विकास सम्बन्धी विभिन्न विषयमा वृहत छलफल हुनुका साथै सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुती समेत हुने बताउनु भयो । उहाँले मेलमा आफ्नो क्षमता अनुसारको कामका लागि कम्पनीहरुसँग सम्र्पक तथा छलफल गर्न सकिने बताउनु भयो । अधिकारीले मेलामा कर्पोरेट हाउस, नवप्रवर्तन शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमुलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरु समेत गरी ५० हजार भन्द बढी व्यक्तिहरुले अवलोकन गर्ने अपेक्षा रहेको बताउनु भयो ।

परिसंघले मेलाबाट बजारमा सीपको उपलब्धता र सीपको आवश्यकताबीचको अन्तर बुझदै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम हुने विश्वास व्यक्त गरेको छ । सरकार तथा अन्य सरोकारवालाहरुलाई रोजगारदाता र रोजगारीको खोजिमा रहेकाहरुको आवश्यकता कम हुने र नेपालमा विश्वस्तरीय जनशत्ति, सिर्जना गर्न नीति र पाठयक्रमको आवश्यकताहरुको समेत पहिचान हुने विश्वास लिएको छ । नेपालमा हरेक वर्ष ५ लाख व्यक्तिहरु रोजगारीको खोजिमा हुने गरेको परिसंघले जनाएको छ ।

mela mela2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका