उपेन्द्र यादवसँगै सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो • Nepal's Trusted Digital Newspaperउपेन्द्र यादवसँगै सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • उपेन्द्र यादवसँगै सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

उपेन्द्र यादवसँगै सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

  • समाचारपाटी
  • बुधबार, साउन २५, २०७९
उपेन्द्र यादवसँगै सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने बताउनुभएको छ ।

मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद महतोले सरकारमा मन्त्री बन्ने कुरा र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको बताउनु भयो । उहाँले छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुंगो लाग्ने बताउनु भयो । उहाँले जसपासँग सँगै बसेर काम गरिसकेकोले सरकारमा सँगै बस्नको लागि कुनै कठिन नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी चुनावको तयारीमा लागिसकेका छाैँ । गठबन्धनको सवाल पनि उठिरहेको छ । तर अहिले ५ दलीय जुन गठबन्धन हो त्यो गठबन्धनको तर्फबाट आमन्त्रण आइरहेको छ । कुरा पनि भइरहेको छ । चाँडै यो विषयमा हामी टुंगोमा पुग्नेछौँ । छैटौं दलको रुपमा गठबन्धनमा जाने हो वा होइन चाँडै हामी टुंगोमा पुग्छौँ । जसपा र हामी एउटै सरकारमा बसेर जान केही गाह्रो छैन । सरकारको कुरा पनि भइरहेको छ ।’

उहाँले नागरिकता मुददाको विषयको सवालमा नै सरकारलाई सहयोग गर्न लागेको बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका