काँग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि एमालेसँग एक्लै भिडने हिम्मत रहेनः प्रदीप ज्ञवाली • Nepal's Trusted Digital Newspaperकाँग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि एमालेसँग एक्लै भिडने हिम्मत रहेनः प्रदीप ज्ञवाली • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • काँग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि एमालेसँग एक्लै भिडने हिम्मत रहेनः प्रदीप ज्ञवाली

काँग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि एमालेसँग एक्लै भिडने हिम्मत रहेनः प्रदीप ज्ञवाली

  • समाचारपाटी
  • बुधबार, साउन २५, २०७९
काँग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि एमालेसँग एक्लै भिडने हिम्मत रहेनः प्रदीप ज्ञवाली

नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताउनुभएको छ ।

मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । सांसद ज्ञवालीले गठबन्धन बाहिरका एजेण्डा मिल्ने दलहरुसँग भने छलफल गरेर केही ठाउँमा सहकार्य हुनसक्ने बताउनु भयो । उहाँले गठबन्धन बिना अघि बढन सकिँदैन भन्ने भ्रम नेकपा एमालेमा नरहेको उल्लेख गर्दै आफनो खुटटामा उभिएर चुनाव लडने बताउनु भयो । उहाँले कमजोरले अरुको साथ खोज्ने तर बलियोले एक्लै लडने सामथ्र्य राख्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सत्ता गठबन्धनसँग सामना गर्ने भनेको हाम्रो मुख्य शक्ति जनताको जनमत हो । त्यसैले हाम्रो ध्यान जनमतलाई कसरी अभिवृद्धि गर्ने र पार्टीलाई बहुमतमा पुग्ने गरी जनताको बीचमा बलियो गरेर स्थापित गर्ने भन्नेकुरा हो । गठबन्धन हाम्रो प्राथमिकतामा होइन । गठबन्धन बाहिरका दलहरुसँग छलफल हुनसक्छ । तर गठबन्धन नै निर्माण गर्ने गरेर हाम्रो छलफल अघि बढेको छैन र गठबन्धन बिना अघि बढन सकिँदैन भन्ने भ्रम पनि छैन । हामी आफनो खुटटामा उभिएर लडछौँ । तर हिँडदै जाँदा एजेण्डाहरु मिल्ने साथीहरु भेटिनुभयो भने कतिपय ठाउँमा सहकार्य हुनसक्छ । कमजोरले साथ खोज्ने हो । बलियोले एक्लै सामना गर्छ ।’

सांसद ज्ञवालीले नेपाली काँग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि प्रतिपक्षसँग एक्लै लडने आँट नरहेको बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका