‘संविधानले एक तिहाई महिलाहरु नै हुनुपर्छ भनेको छ,क्लस्टरअनुसार रिजर्भ सिट होस':-सांसद दिव्यमणि • Nepal's Trusted Digital Newspaper‘संविधानले एक तिहाई महिलाहरु नै हुनुपर्छ भनेको छ,क्लस्टरअनुसार रिजर्भ सिट होस':-सांसद दिव्यमणि • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘संविधानले एक तिहाई महिलाहरु नै हुनुपर्छ भनेको छ,क्लस्टरअनुसार रिजर्भ सिट होस’:-सांसद दिव्यमणि

‘संविधानले एक तिहाई महिलाहरु नै हुनुपर्छ भनेको छ,क्लस्टरअनुसार रिजर्भ सिट होस’:-सांसद दिव्यमणि

  • समाचारपाटी
  • बुधबार, साउन २५, २०७९
‘संविधानले एक तिहाई महिलाहरु नै हुनुपर्छ भनेको छ,क्लस्टरअनुसार रिजर्भ सिट होस’:-सांसद दिव्यमणि

संसदमा दिव्यमणि राजभण्डारी

नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले निर्वाचन क्षेत्रहरुमा महिलालक्षित रिजर्भ सिटको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद राजभण्डारिले संविधानले एक तिहाई महिलाहरु नै हुनुपर्छ भन्ने कुरा गरेको उल्लेख गर्दै निर्वाचन क्षेत्रमा महिलालाई रिजर्भ सिटको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले जातीय दृष्टिकोणले क्लस्टरको आधारमा जुन ठाउँमा बेसी छ, त्यो क्लस्टरको आधारमा सिट रिजर्भ हुनुपर्ने व्यवस्था हुनुपर्ने बताउनु भयो । उहाँले एकै जातीको एकाधिकार सबैतिर नहोस भन्ने कुरालाई ध्यानमा राखेर अघि बढन र कानून निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले लामो समयसम्म संसदमा उपसभामुख खाली रहँदा र मन्त्रीपरिषदमा एक तिहाई महिला सदस्यहरु नहुँदासमेत महिला सांसदहरुले केही नबोलेको उल्लेख गर्दै निर्वाचनको मुखमा आएर समानुपातिकको कुरा गरिरहेको बताउनु भयो । उहाँले सबै क्षेत्रमा र परिस्थितिमा महिलाहरुले समानता, कर्तव्य र अधिकारको बारेमा आवाज उठाउनु पर्ने बताउनु भयो । सांसद राजभण्डारीले संसदमा एकै परिवारका श्रीमान, श्रीमती नै सांसद रहेको भन्दै यसलाई समानुपातिक भन्न नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानले एक तिहाई महिलाहरु नै हुनुपर्छ भनेको हुनाले मलाई के लाग्छ भने निर्वाचन क्षेत्रहरुमा पनि रिजर्भ सिट महिलालाई हुनुपर्छ । रिजर्भ सिट जनताको जातीय दृष्टिकोणले, क्लस्टरको हिसावले जुन ठाउँमा बेसी छ, त्यो क्लस्टरको आधारमा सिट रिजर्भ हुनुपर्ने व्यवस्था हुनुपर्छ । त्यसैले एकै जातीको जहाँपनि एकाधिकार नहोस । यो कुरालाई पनि अघि बढाउनु पर्छ । जुन प्रदेशहरुमा जुन जातीहरुको जसरी बसिरहेका छन, सबैको लागि पनि क्लस्टरअनुसार रिजर्भ सिट होस । भन्ने मेरो चाहना छ । यहाँ कति एकै परिवारका पनि छौँ । श्रीमान पनि हुनुहुन्छ र श्रीमती पनि के यसलाई समानता भन्न मिल्छ ? बन्दुक तपाईहरुले मात्रै बोक्नुभएको थियो ? जेल जाने तपाईहरुमात्रै हुनुहुन्थ्यो ? लटिठ तपाईहरुले मात्र उठाउनुभएको थियो ? समानताको कुरा गर्नेले सबै पक्षलाई समानताको रुपमा लिएर अघि बढनुपर्छ ।’

सांसद राजभण्डारीले अधिकारसँगै कर्तव्य र समानतासँगै सबै पक्षको कुराहरु समेटेर अघि बढन आवश्यक रहेको बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका