प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा एमालेले दल दर्ता गरायाे • Nepal's Trusted Digital Newspaperप्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा एमालेले दल दर्ता गरायाे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा एमालेले दल दर्ता गरायाे

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा एमालेले दल दर्ता गरायाे

  • समाचारपाटी
  • बुधबार, साउन २५, २०७९
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा एमालेले दल दर्ता गरायाे

नेकपा (एमाले)ले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोलीले मंगलबार काठमान्डौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो । संविधान र कानुनी व्यवस्था अनुसार आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराउने काम गरिएको महासचिव पोखरेलले जानकारी दिनु भयो ।

उहाँले आफनो पार्टी दल दर्ता गरेसँगै सो निर्वाचनको तयारीमा पनि विधिवत रुपमा प्रवेश गरेको बताउनु भयो । त्यस अवसरमा महासचिव पोखरेलले एक पटक दर्ता भईसकेको दल पटकपटक हरेक निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता गराउने कुरा आवश्यक नभएको प्रतिक्रिया समेत दिनु भयो ।

भन्नु भयो, ‘वास्तवमा लोकतन्त्रमा आवधिक निर्वाचन अनिवार्य र आवश्यक विषय हो । हाम्रो संविधानले प्रत्येक निर्वाचनको समयमा दलहरु दर्ता गर्ने व्यवस्था गरेको छ । यो व्यवस्था चाँही सुधार गर्नुपर्छ भन्ने लाग्छ मलाई । किनकी दलहरु एक पटक दर्ता भईसकेपछि पटक पटक दर्ता गरिरहने कुरा आवश्यक विषय होइन । तर पनि हाम्रो संविधान, कानुनले जे व्यवस्था गरेको छ । त्यस अन्तरगत हामीले दल दर्ता गरेका छौं । र, हामी निर्वाचनको तयारीमा विधिवत रुपमा प्रवेश गरेका छौं ।’

निर्वाचन आयोगले आगामी मंसीर ४ गते आईतबारका दिने हुने सो निर्वाचन प्रयोजनका लागि यही श्रावण ३१ गते कार्यालय अवधिभित्र सबै राजनीतिक दलहरुलाई दल दर्ताका लागि आह्वान गरेको थियो । सोही अन्तरगत एमाले महासचिव पोखरेल, उपमहासचिवद्धय प्रदिप ज्ञवाली, विष्णु रिमालसहितका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ता गराउनु भएको हो ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका