'सार्वजनिक जग्गा मिच्ने,फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानून बराबर लाग्छ':-मेयर साह • Nepal's Trusted Digital Newspaper'सार्वजनिक जग्गा मिच्ने,फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानून बराबर लाग्छ':-मेयर साह • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘सार्वजनिक जग्गा मिच्ने,फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानून बराबर लाग्छ’:-मेयर साह

‘सार्वजनिक जग्गा मिच्ने,फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानून बराबर लाग्छ’:-मेयर साह

  • समाचारपाटी
  • मङ्लबार, साउन २४, २०७९
‘सार्वजनिक जग्गा मिच्ने,फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानून बराबर लाग्छ’:-मेयर साह

नर्भिक अस्पतालले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन गर्न काठमान्डौं महानगरपालिका र अस्पतालका प्राविधिक सहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ ।

महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिएपनि तत्काल अल्टिमेटम अनुसार संरचना नभत्काउने भएको हो । मंगलवार काठमान्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरुको निर्देशन अनुसार अगाडी बढने सहमति गर्नुभयो । उहाँले प्राविधिहरुले दिएको सुझाव अनुसार ३० देखि ३५ दिनमा संरचना व्यवस्थान गर्नुपर्ने बताउनु भयो । मेयर साहले नियम सबैलाई बराबर हुनुपर्ने बताउनु भयो । उहाँले सार्वजनिक जग्गा मिच्ने,फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानून बराबर लाग्ने बताउनु भयो । मेयर शाहले आफूलाई अस्पतालले सरकारसँग जग्गा लिजमा लिएको विषयमा समस्या नभएको बताउनु भयो । उहाँले अस्पताललाई मन्त्रीपरिषदले निर्णय गरेर जग्गा लिजमा दिएपनि महानगरलाई केही फरक नपर्ने तर मन्त्रीपरिषदले जग्गा अस्पताललाई दिनुपर्ने बताउनु भयो ।

अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले सरकारसँग भएको जग्गा लिजको सम्झौताको पूर्ण रुपमा पालना गरेको बताउनु भयो । उहाँले अझै अस्पतालसँग सम्झौता अनुसार ८ वर्ष बाँकी रहेको बताउनु भयो । अध्यक्ष सिंहले महानगर र अस्पतालको प्राविधिकहरुको समितिले दिएको सुझाव अनुसार अगाडि बढने कुरा भएको बताउनु भयो ।

नर्भिक अस्पतालले आफूले कानून अनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताएको छ । अस्पताल र महानगरबीच समिति बनाउने र उसकै सिफारिस अनुसार अघि बढने सहमति भएको छ । नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्शा पास नगरी घर टहरा बनाएको महानगरको ठहर छ ।

Sequence 09.02 14 37 23.Still745

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका