१ हजार ९० जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaper१ हजार ९० जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • १ हजार ९० जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु

१ हजार ९० जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु

  • समाचारपाटी
  • मङ्लबार, साउन २४, २०७९
१ हजार ९० जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा १ हजार ९० जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु भएकाे छ । पछिल्लो २४ घन्टामा २ हजार ९ सय ५८ जनाकाे पिसिआर परीक्षण गर्दा ५ सय ६० जना र ३ हजार ३ सय ४२ जनाकाे एनटिजेन परीक्षण गर्दा ५ सय ३० जना गरी १० हजार ९० जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय ३८ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर ५ हजार ८ सय ६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

१ लाख ७१ हजार ८ सय ३७ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर ९ लाख ७३ हजार ४ सय ५ जना काेराेना मुक्त भएका छन् ।

६ हजार ३ सय  जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ७४ पुगेकाे छ

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका