यु–२० राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठलाई पोखरामा सम्मान • Nepal's Trusted Digital Newspaperयु–२० राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठलाई पोखरामा सम्मान • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यु–२० राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठलाई पोखरामा सम्मान

यु–२० राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठलाई पोखरामा सम्मान

  • समाचारपाटी
  • मङ्लबार, साउन २४, २०७९
यु–२० राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठलाई पोखरामा सम्मान

पोखरा । राष्ट्रिय फुटबल टोली यु–२० का सदस्य फुटबलर सुमित श्रेष्ठ (मेस्सी) लाई पोखरामा सम्मान गरिएको छ । भारतमा भएको साफ यु–२० पुरुष च्याम्पियनसिपमा खेलेर स्वदेश फिर्ता भएका श्रेष्ठलाई युनाइटेड बगरले स्वागतसहित सम्मान गरेको हो ।

उहाँलाई युनाइटेड बगरका संरक्षक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङ, फुटबलर रन्दिप पौडेल, अन्जन देवकोटा तथा युनाइटेड बगरका सदस्यहरुले खादा तथा सम्मान पत्र अर्पण गरेर सम्मान गर्नुभएकाे थिए । सो अवसरमा बोल्दै फुटबलर श्रेष्ठले राष्ट्रको नाममा खेल खेल्ने सपना साकार भएको बताउनुभयाे । उहाँले आगामी दिनमा झन उत्कृष्ट खेल प्रर्दशन गर्ने निरन्तर मेहनत गर्ने समेत बताउनुभएकाे थियाे ।

यसैगरि युनाइटेड बगरका संरक्षक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङले श्रेष्ठलाई पोखरामा स्वागत गर्दै बधाई ज्ञापन गर्नुभयाे । उहाँले आगामी दिनमा अझ खेललाई परिस्कृत गर्दै अगाडी बढ्नुपर्नेमा समेत जोड दिनुभएकाे थियाे ।

सम्मानित श्रेष्ठ यसअघि नेपाली राष्ट्रिय फुटसल टिमबाट समेत डेब्यु गरिसक्नुभएकाे छ । उक्त स्वागत तथा सम्मान कार्याक्रममा फुटबलर, रन्दिप पौडेल, फुटबलर अञ्जन देवकोटा, फुटसलका ए डिभिजन खेलाडी सुदिप सुनार लगायतको उपस्थिति रहेको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका