दिपेन्द्र सोनाम 'द फ्लीक मोडल'को बिजेता बन्न सफल • Nepal's Trusted Digital Newspaperदिपेन्द्र सोनाम 'द फ्लीक मोडल'को बिजेता बन्न सफल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • दिपेन्द्र सोनाम ‘द फ्लीक मोडल’को बिजेता बन्न सफल

दिपेन्द्र सोनाम ‘द फ्लीक मोडल’को बिजेता बन्न सफल

  • समाचारपाटी
  • मङ्लबार, साउन २४, २०७९
दिपेन्द्र सोनाम ‘द फ्लीक मोडल’को बिजेता बन्न सफल

काठमान्डौं । राजधानीमा सम्पन्न भएको ‘द फ्लीक मोडल’ प्रतियोगितामा दिपेन्द्र सोनाम बिजेता बन्न सफल हुनुभएकाे छ। उहाँले अन्य प्रतिस्पर्धिलाइ पछि पार्दै बिजेताको ट्रफी उचाल्न सफल हुनुभएकाे थियाे। ट्रफीको साथमा उहाँले नगद लगायत अन्य उपहार समेत जित्नुभए काे छ। सिन्धुपाल्चोक स्थायी घर भई काठमान्डौंलाइ कर्मथलो बनाउदै आउनुभएकाे उहाँले दर्जनौ म्यूजिक भिडियो र चलचित्रमा समेत अभिनय गरिसक्नुभएकाे छ।

मोडलिङ क्षेत्रमा प्रशस्त सम्भावनाहरु रहेका छन् भने क्षमतावान तथा कला भएकाहरुको लागि आफु चर्चित हुने राम्रो मध्यम पनि हो वास्तवमा कलाकारिता एउटा रहर मात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिएको पाइन्छ । नृत्य र अभिनयमा पोख्त दिपेन्द्र चक्लेटि अनुहार र मिलेको सुगठित आकर्षक शरीरको धनि पनि हुनुहुन्छ भने बहुप्रतिभा भएका बहुआयामिक व्यक्तित्व उहाँको आकर्षण हो । त्यसैले त सम्भावना बोकेका ह्यान्डसम मोडल दिपेन्द्र सोनाम यस क्षेत्रमा स्थापित हुनुहुन्छ अहिले दिनरात मेहनत गर्दै अगाडी बढ्नुभएकाे छ ।

भबिष्यमा अन्तराष्ट्रिय क्षेत्र हुने मोडलिङ प्रतियोगितामा समेत प्रतिस्पर्धि गर्ने सोच बनाउनुभएका मोडल दिपेन्द्र सोनाम युवा व्यवसायी र गायक समेत हुनुहुन्छ।

297896098 444509537573628 300251418262173241 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका