'नवौं राष्ट्रिय खेलकुद सफल बनाउन सहकार्य गरौँ':– सदस्य सचिव घिसिङ • Nepal's Trusted Digital Newspaper'नवौं राष्ट्रिय खेलकुद सफल बनाउन सहकार्य गरौँ':– सदस्य सचिव घिसिङ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘नवौं राष्ट्रिय खेलकुद सफल बनाउन सहकार्य गरौँ’:– सदस्य सचिव घिसिङ

‘नवौं राष्ट्रिय खेलकुद सफल बनाउन सहकार्य गरौँ’:– सदस्य सचिव घिसिङ

  • समाचारपाटी
  • मङ्लबार, साउन २४, २०७९
‘नवौं राष्ट्रिय खेलकुद सफल बनाउन सहकार्य गरौँ’:– सदस्य सचिव घिसिङ

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद सफल बनाउन सहकार्य आवश्यक रहेको बताउनुभएकाे छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च द्वारा सदस्य सचिव घिसिङको सम्मानमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा उहाँले उक्त कुरामा जोड दिनुभएकाे हाे । उहाँले भन्नुभयाे–“म जुन कार्यक्रममा उपस्थित हुन्छु त्यहाँ सहयोग गर्छौं भन्ने कुरा सुन्छु मलाई सहयोगको खाँचो होइन सहकार्य गर्छौं भन्ने प्रतिवद्धताको खाँचो छ ।” खेलकुद विकासमा पोखरा
आफ्नो दोश्रो घर हुने बताउँदै सदस्य सचिव घिसिङले पोखराको सामिप्यता र सहकार्य अत्यन्तै बलियो हुने भनाई अघि सार्दै उनले खेलकुद विकासका लागि आफूले इमान्दार प्रयत्न गर्ने उल्लेख गर्दै भन्नुभयाे–“नेपाली खेलकुद विकासमा अग्रज खेलाडीहरुको योगदान महत्वपूर्ण छ ।
हामीले नयाँ युगको खेलकुदलाई उचाँईमा पुर्याउन अनुभुती हुने गरी काम गरौं सहयोग होइन सहकार्य गरौं ।”

पर्खाल निर्माण गरेर पोखरा रंगशालाको संरक्षण गर्ने अभियानमा मञ्चले महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उहाँले सहयोगीहरुलाई सम्मानका लागि निशुल्क कार्डको व्यवस्थापन गर्न सहयोग गर्ने बताउनुभयाे । उहाँले खेलकुद विकासका लागि गरिएको योगदानको देशभर सन्देश पुर्याउने समेत बताउनुभयाे । अग्रज खेलाडीहरुको विचमा आफूलाई पाउँदा निकै खुसी लागेको बताउँदै सदस्य सचिव घिसिङले पोखरेलीहरुलाई नवौं राष्ट्रिय खेलकुदमा आफ्नो अपनत्व संगै स्वामित्व प्राप्त हुने गरी वातावरण बनाउने प्रतिवद्धता जनाउँदै उहाँले नवौंका लागि आवश्यक बजेटको समेत व्यवस्था भई सकेको उल्लेख गर्नुभयाे। उहाँले पोखरा लगायत अन्य ठाउँमा हुने म्याराथनका रुटहरुको
प्रमाणिकरण गर्न राखेपले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयाे ।

कोभिड १९ पछि समेत खेलकुद अझै गतिशिल हुन नसकेको धारणा अघि सार्दै सदस्य सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदले नेपाली खेलकुद विकासका लागि ‘आइस व्रेक’ गर्ने बताउनुभयाे । उहाँले नवौं सकिए लगतै नेपाली खेलाडीहरुलाई एक वर्ष भरी नै अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण संगै ऋंखलावद्ध अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुको आयोजना गर्ने तयारी परिषदले सुरुवात गर्ने उल्लेख गर्दै १४ औं साग, १९ औं एसियाली खेलकुद र पेरिस ओलम्पिकको तयारीमा जुट्ने बताउनुभयाे । “हामी अहिलेको तयारीबाट एसियाली र ओलम्पिकबाट धेरै आशावादी त छैनौ तर कम्तिमा पनि एक स्वर्ण पदक जित्नु पर्छ भन्ने सोंचका साथ खेलाडीलाई निरन्तर प्रशिक्षणमा जुटेका छौं ।” नेपाली
खेलाडी ओलम्पिकमा सहभागिताका लागि मात्रै नभएर छनोट चरण पार गर्दै त्यहाँ सम्म पुग्ने र पदक समेत जित्ने गरी तयारी गरिरहेको उहाँले बताउनुभयाे ।

नेपाली खेलकुद विकासका लागि राष्ट्रिय खेलकुद निति आवश्यक रहेको कुरामा जोड दिंदै सदस्य सचिव घिसिङले भन्नुभयाे–“हरेक पटक फेरिने सरकार र सदस्य सचिवले आफू बमोजिम ‘कस्मेटिक’ खेलकुद निति अवलम्वन गर्दा खेलकुद विकासबाट पटक–पटक चुकेको छ । यो परम्परालाई तोडिन आवश्यक छ । हामी हतार नगरी व्यापक छलफल चलाएर सबै नेपालीको साझा खेलकुद निति निर्माण गर्ने तयारी
गर्नेछौं ।”

सदस्य सचिव घिसिङले जुनियर, यूथ र विश्वविद्यालयस्तरमा खेलकुदको विकासका लागि राखेपले तयारी थाल्ने समेत बताउनुभयाे । “अहिले केही विद्यालय र विश्वविद्यालयस्तरमा प्रतियोगिताहरु सञ्चालन भए पनि ति आयोजनाका लागि मात्रै भएका छन्, अव त्यसो हुने छैन । खेलाडी उत्पादनको मुख्य थलो बन्ने गरी विद्यालय र विश्वविद्यालयहरुमा प्रतियोगिताहरु आयोजना हुनेछन्” उहाँले भन्नुभयाे–“अव नेपाली
खेलकुदले यूथ स्पोर्टस खेलको विकासका लागि अघि बढ्ने छ ।” उहाँले नेपाली खेलकुद विकासका लागि निजी क्षेत्रको साझेदारीमा समेत जोड दिनुभयाे ।

मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, संस्थापक अध्यक्ष खड्ग रानाभाट, द्वितिय उपाध्यक्ष दिल बहादुर गुरुङ, सल्लाहकार जगन बहादुर गुरुङलगायतले नेपाली खेलकुद विकासमा अग्रज खेलाडीहरुको भूमिका र पोखरा म्याराथनका बारे सदस्य सचिव घिसिङलाई जानकारी गराउनुभएकाे थियाे ।

 

viber image 2022 08 08 09 02 04 109 viber image 2022 08 08 09 04 19 405

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका