बैकिङ कसूर मुद्दामा दिक्षा पुन पक्राउ • Nepal's Trusted Digital Newspaperबैकिङ कसूर मुद्दामा दिक्षा पुन पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बैकिङ कसूर मुद्दामा दिक्षा पुन पक्राउ

बैकिङ कसूर मुद्दामा दिक्षा पुन पक्राउ

  • समाचारपाटी
  • मङ्लबार, साउन २४, २०७९
बैकिङ कसूर मुद्दामा दिक्षा पुन पक्राउ

पाेखरा । जिल्ला बागलुङ तारा खोला गाउँपालिका वडा नं १ स्थायी घर भएकी दिक्षा पुनलाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं २ मिरुवा बस्ने वर्ष २७ की दिक्षा पुनलाई बैकिङ कसूर मुद्दामा आराेपमा प्रहरीले पक्राउ गरेकाे हाे ।

अभियुक्त दिक्षा पुनले आफ्नो पोखरा फाईनान्स लिमिटेडमा रहेको खातामा पर्याप्त रकम मौजात नभएको अवस्थामा जाहेरवाला कुल बहादुर बि क लाई वैशख २६ गते सटही गर्ने गरी रु तिन लाख (३,००,०००)  को चेक दिएकी  खातामा रकम नभएको कारण सो चेक सम्बन्धित बैकबाट बाउन्स भएको थियाे ।

दिक्षा पुन उपर बैकिङ कसूर मुद्दा दर्ता गरी पक्राउ अनुमति समेत लिएर खोजतलास गर्ने क्रममा पुनलाई  सावन २१ गते दिउसो जिल्ला कास्की अन्नपूर्ण गाउँपालिका वडा नं ८ बिरेठाटी स्थित नियालो घारीमा लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेर सम्मानित उच्च अदालत पोखराबाट ७ दिन  को म्याद थप गरि अनुसन्धान गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेस विज्ञाप्ति राखि याे सुचना जानकारी गराएकाे हाे ।

प्रेस विज्ञाप्तिमा भनिएकाे छ’:-”दिक्षा पुनले विभिन्न व्यक्तिहरूलाई u.k पठाई दिन्छु भनि रकम लिई ठगी गरेको भन्ने सामाजिक सञ्जालमा समाचार सम्प्रेषण भएकोले सो तर्फ समेत अनुसन्धान भइरहेको हुँदा पीडित व्यक्तिहरूलाई प्रमाण सहित जिल्ला प्रहरी कार्यालय कास्कीमा
सम्पर्क राख्न समेत जानकारी गराइएको छ ।”

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका