'जसरी स्थानीय चुनाव गरियो, अझ भयंकर ज्यादतीका साथ चुनाव गराउने तयारीमा छ सरकार ':- पद्मा अर्याल • Nepal's Trusted Digital Newspaper'जसरी स्थानीय चुनाव गरियो, अझ भयंकर ज्यादतीका साथ चुनाव गराउने तयारीमा छ सरकार ':- पद्मा अर्याल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘जसरी स्थानीय चुनाव गरियो, अझ भयंकर ज्यादतीका साथ चुनाव गराउने तयारीमा छ सरकार ‘:- पद्मा अर्याल

‘जसरी स्थानीय चुनाव गरियो, अझ भयंकर ज्यादतीका साथ चुनाव गराउने तयारीमा छ सरकार ‘:- पद्मा अर्याल

  • समाचारपाटी
  • आइतवार, साउन २२, २०७९
‘जसरी स्थानीय चुनाव गरियो, अझ भयंकर ज्यादतीका साथ चुनाव गराउने तयारीमा छ सरकार ‘:- पद्मा अर्याल

पोखरा । नेकपा एमालेकी सचिव पद्मा अर्यालले विगतको भन्दा धेरै ज्यादतीका साथ सरकारले चुनाव गराउन लागेको आरोप लगाउनुभएकाे छ।

आगामी चुनावलाई लक्षित गरी गठबन्धन पार्टीका जिल्ला सभापतिले गरेको सिफारिसको आधारमा गृहमन्त्रीको अगाडि कसम खुवाएर प्रमुख जिल्ला अधिकारीहरुलाई खटनपटन गराउन काममा सरकार लागेको आरोप उहाँले लगाउनुभयाे ।

पोखरामा आयोजित पत्रकार भेटघाटमा अर्यालले भन्नुभयाे, ‘गठबन्धनका जिल्ला सभापति, खासगरी नेपाली कांग्रेसका जिल्ला सभापतिले सिफारिस गरेर, गृहमन्त्रीको अगाडि उभ्याएर, कसम खुवाएर सीडीओ खटाउने तयारी छ । यस्तो हिसाबले चुनाव गराइँदै छ । चुनाव कस्तो होला हामीले अनुमान गरेकै छौं ।’ जस्तो भए पनि एमालेले चुनावको सामना गर्ने र मुलुकको पहिलो शक्ति बन्ने दाबी उहाँले गर्नुभयाे ।

विगतमा भोट लुट्न सहज हुने गरी मतदान केन्द्र बनाइएको आरोप लगाउँदै उहाँले आगामी चुनावमा पनि त्योभन्दा भयंकर ज्यादती हुने आशंका गर्नुभयाे ।

एमाले सचिव अर्यालले भन्नुभयाे, ‘आउने चुनाव पनि लुट्ने खालको हिसाबले यो गठबन्धन गइरहेको छ । लुट्नु भनेको डकैती हो । निर्वाचनमा डकैती गर्नु भनेको लोकतन्त्रको चीरहरण हो । लोकतन्त्रको चीरहरण गर्ने काममा यो सरकार लालायित भएको छ, आउने चुनावको मिति पनि त्यही योजना बनाएर, जसरी स्थानीय चुनाव गरियो, त्योभन्दा अझ भयंकर ज्यादतीका साथ चुनाव गराउने तयारीका साथ सरकार लागिपरेको छ ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका