इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परेर ३२ जनाको मृत्यु • Nepal's Trusted Digital Newspaperइजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परेर ३२ जनाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परेर ३२ जनाको मृत्यु

इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परेर ३२ जनाको मृत्यु

  • समाचारपाटी
  • आइतवार, साउन २२, २०७९
इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परेर ३२ जनाको मृत्यु

काठमान्डौं । इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परेर कम्तिमा पनि ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिकासमेत रहेको प्यालेस्टायनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले हतियारधारी समूह प्यालेस्टायन इस्लामिक जिहादका लडाकू विरुद्ध कारबाही गरेको बताएको छ । त्यसक्रममा जिहादका नेता खालेद मन्सुर र तेसीर जाबिरी पनि कारबाहीमा मारिएको इजरायलको दाबी छ । मन्सुर जिहादका दोश्रो तहका नेता हुन् ।

इजरायली सेनाले गरेको कारबाहीको प्रतिउत्तरमा प्यालेस्टायनबाट शुक्रबारदेखि अहिलेसम्ममा ६०० वटा रकेट हानिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सन् २०२१ को मेमा ११ दिनसम्म चलेको लडाईँपछि इजरायलले अहिले सबैभन्दा ठूलो कारबाही सुरु गरेको हो । यो कारबाही एक हप्तासम्म चल्ने उसले बताएको छ । २०२१ मेमा २०० जना प्यालेस्टायनीको मृत्यु भएको थियो ।

source:-onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका