घट्याे सुन र चाँदीको मूल्य • Nepal's Trusted Digital Newspaperघट्याे सुन र चाँदीको मूल्य • Nepal's Trusted Digital Newspaper

घट्याे सुन र चाँदीको मूल्य

  • समाचारपाटी
  • आइतवार, साउन २२, २०७९
घट्याे  सुन र चाँदीको मूल्य

काठमान्डौँ । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य ९६ हजार ३ सयमा काराेबार भएकाे छ । तेजावी सुनको मूल्य ९५ हजार ८ सयमा काराेबार भएकाे छ भने  चाँदीको मूल्य १२ सय ५ रुपैयाँ प्रतितोला तोकिएको महासंघले जनाएकाे छ ।

अघिल्लो कारोबारकाे दिन गत शुक्रबार छापावाल सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९६ हजार ३ सय र चाँदीको मूल्य १२ सय २० रुपैयाँ प्रतितोला थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका