६ सय ६० जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट एक जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaper६ सय ६० जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट एक जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • ६ सय ६० जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट एक जनाकाे मृत्यु

६ सय ६० जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट एक जनाकाे मृत्यु

  • समाचारपाटी
  • शनिबार, साउन २१, २०७९
६ सय ६० जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट एक जनाकाे मृत्यु

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ६ सय ६० जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ । पछिल्लो २४ घन्टामा १ हजार ९ सय ४२ जनाकाे पिसिआर परीक्षण गर्दा ३ सय २६ र २ हजार ७ सय ४० जनाकाे एनटिजेन परीक्षण गर्दा ३ सय ३४ जना गरी ६ सय ६० जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय ४४ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर ५ हजार ६ सय ४१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

२० हजार ६ सय ६६ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर ९ लाख ७२ हजार ६४  जना काेराेना मुक्त भएका छन् ।

४ हजार ६ सय ८२ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ७ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका