मोदिकाको स्वरमा तीज गीत 'तीज आयो घुमेर’सार्वजनिक • Nepal's Trusted Digital Newspaperमोदिकाको स्वरमा तीज गीत 'तीज आयो घुमेर’सार्वजनिक • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • मोदिकाको स्वरमा तीज गीत ‘तीज आयो घुमेर’सार्वजनिक

मोदिकाको स्वरमा तीज गीत ‘तीज आयो घुमेर’सार्वजनिक

  • समाचारपाटी
  • शनिबार, साउन २१, २०७९
मोदिकाको स्वरमा तीज गीत ‘तीज आयो घुमेर’सार्वजनिक

काठमान्डौँ। नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक बढिरहेको समयमा गायिका मोदिका निरौलाको ‘तीज आयो घुमेर’ बोलको तीज गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गीतकार भुवन पौडेलको शब्द रहेको छ, भने कुशल गीतारबादक, गायक तथा संगीतकार अनिल शाहीको संगीतसंगै एरेञ्जपनि रहेको छ । यो गीतको मिक्सिङ, मास्टरिङ तथा रेकर्ड ब्लुबेरी स्टुडियोले गरेको हो ।

मौसाबी क्रियशनको प्रस्तुतीमा बनेको म्युजिक भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गीता ढुंगानाले छममछी ठुम्का लगाएकी छिन् । भिडियोमा गीताको साथमा गायिका मोदिकाको नृत्य देख्न सकिन्छ । गीतको शब्द अनुसार हरेक वर्ष घुमेर आउने तीज पर्वलाई भिडियोमा मज्जाले उतारिएको छ । भिडियोमा गीता र मोदिका धपक्कै बलेका छन् ।

ब्लुबेरी अडियो, भिडियो स्टुडियो टिमले निर्देशन गरेको म्युजिक भिडियोमा सोहन मानन्धरको सिनेमाटोग्राफी, इडिट तथा कलर रहेको छ । रेश्मा खड्कीको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियो मौसबी क्रियशन युट्युव च्यालनबाट सार्वजनिक भएको हो । यस भन्दा अगाडी मौसाबी क्रियशनमा गीतकार भुवनको ‘हाम्रो माया संसारमै नभाको’, तिम्रो हात समाएर’ लगायत गीतहरु सार्वजनिक भइसकेका छन् । गीत संगीत क्षेत्रमै विगत १५ वर्षदेखी लागिरहेका भुवनले गीत एल्बम ‘शित’ १३ वर्ष अगाडी निकालेका थिए । उनको शब्दमा करिव ३० वटा गीतहरु रेकर्ड गराइसकेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका