जिल्ला समन्वय समिति कास्कीले छैठौँ स्थापना दिवस • Nepal's Trusted Digital Newspaperजिल्ला समन्वय समिति कास्कीले छैठौँ स्थापना दिवस • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • जिल्ला समन्वय समिति कास्कीले छैठौँ स्थापना दिवस

जिल्ला समन्वय समिति कास्कीले छैठौँ स्थापना दिवस

  • समाचारपाटी
  • शनिबार, साउन २१, २०७९
जिल्ला समन्वय समिति कास्कीले छैठौँ स्थापना दिवस

पोखरा ।  जिल्ला समन्वय समिति कास्कीले आफ्नो छैठौँ स्थापना दिवस शुक्रबार बिषेश कार्यक्रमको आयोजना गरि मनाएको छ । सो अवसरमा सरसफाई सहित जेष्ठ नागरिक सम्मान र सहयोग हस्तान्तरण गरि स्थापना दिवस मनाइएको हो ।

जस अन्तर्गत पोखरा महानगरपालिका वडा न २७ मा अवस्थित श्रीकृष्ण प्रणामी बाल तथा वृद्धाश्रममा ( पच्चीस हजार बराबरको) चामल , तरकारी ,फलफूल लगाएतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो।

सहयोग सामग्री हस्तान्तरण गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जेष्ठ नागरिकहरु अनुभव तथा सबै हिसाबले परिपक्क हुने हुनाले उनीहरुका ज्ञान र अनुभव पछिल्लो पुस्तालाई उच्चतम उपयोगी हुने बताउनुभयाे । शारीरिकरुपमा अशक्त आफन्त बिहिन जेष्ठ नागरिकहरुको हेरचाह तथा स्याहार सुसारमा उपयुक्त नीति नै निर्माण गर्नुपर्ने र निर्माण भएका एन कानुनको कडाइका साथ लागु गर्न राज्यका निकायहरुलाई आग्रह गर्नुभयाे ।

उहाँले अशक्त बाल बालिका र नागरिकहरुका हितका लागि आफ्नो ठाउँबाट सक्दो पहल कदमी लिने प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका उप –प्रमुख सरिता माल ,जिल्ला समन्वय अधिकारी नवराज बराल , महानगरपालिका वडा न २७ का सदस्य द्वय दिपेन्द्र बहादुर खत्री र सुर्य वाग्ले ,श्रीकृष्ण प्रणामी बाल तथा वृद्धाश्रमका संरक्षक कल्याण कुमार कार्की ,सोहि आश्रमका अध्यक्ष दुर्गा प्रसाद गौतम , सचिब तिलकशालि अधिकारी लगाएतले मन्तब्य ब्यक्त गर्नुभएकाे थियाे । देशमा संघियताको कार्यान्वयन संगै २०७४ सालको स्थानीय तहको निर्बाचनबाट निर्बाचित तत्कालिन जिल्ला समन्वय समिति पदाधिकारीहरुले सपथ लिएको दिन साउन २० लाइ आधार बनाइ स्थापना दिवस मनाउने गरिएको जिल्ला समन्वय समिति कास्कीले जनाएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका