काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ९ सय १२ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ । पछिल्लो २४ घन्टामा २ हजार ९ सय ४१ जनाकाे पिसिआर परीक्षण गर्दा ५ सय २९ र ३ हजार ५ सय ५० जनाकाे एनटिजेन परीक्षण गर्दा ३ सय ८३ जना गरी ९ सय १२ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय ७० जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर ५ हजार ७ सय ६० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
४७ हजार ३ सय ४१ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर ९ लाख ७१ हजार ६ सय २० जना काेराेना मुक्त भएका छन् ।
६ हजार ४ सय ९१ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ७० पुगेकाे छ ।