'परराष्ट्रमन्त्री ३ दिने चीन भ्रमणका लागि आगामी अगष्ट ९ मा चीनतर्फ प्रस्थान गर्दै हुनुहुन्छ':-सेवा लम्साल • Nepal's Trusted Digital Newspaper'परराष्ट्रमन्त्री ३ दिने चीन भ्रमणका लागि आगामी अगष्ट ९ मा चीनतर्फ प्रस्थान गर्दै हुनुहुन्छ':-सेवा लम्साल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘परराष्ट्रमन्त्री ३ दिने चीन भ्रमणका लागि आगामी अगष्ट ९ मा चीनतर्फ प्रस्थान गर्दै हुनुहुन्छ’:-सेवा लम्साल

‘परराष्ट्रमन्त्री ३ दिने चीन भ्रमणका लागि आगामी अगष्ट ९ मा चीनतर्फ प्रस्थान गर्दै हुनुहुन्छ’:-सेवा लम्साल

  • समाचारपाटी
  • शुक्रबार, साउन २०, २०७९
‘परराष्ट्रमन्त्री ३ दिने चीन भ्रमणका लागि आगामी अगष्ट ९ मा चीनतर्फ प्रस्थान गर्दै हुनुहुन्छ’:-सेवा लम्साल

करेक्शन परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलन

परराष्ट्रमन्त्री डा. नारायण खडका चीन भ्रमणमा जानुहुने भएको छ । र परराष्ट्र मन्त्रालयले शुक्रवार सिंहदरवारमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यही श्रावण २४ गतेदेखि २६ गतेसम्म मन्त्री खडका नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमण हुने जानकारी गराएको हो । चिनिया विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री खडका नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणको मिति तय गरिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनु भयो । उहाँले भ्रमणमा दुई मुलुकबीचको आपसी हीतका विविध विषयमा छलफल हुने बताउनु भयो । प्रवक्ता लम्सालले भन्नुभयो, ‘छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री महामहिम वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा माननीय परराष्ट्रमन्त्री डा. नारायण खडकाज्यू ३ दिने चीन भ्रमणका लागि आगामी अगष्ट ९, २०२२ का दिन त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । उक्त भ्रमणका अवसरमा नेपाल र चीन दुवै पक्षबीच प्रतिनिधिमण्डल स्तरीय दिवपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुनेछ । गत मार्चमा चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा माननीय परराष्ट्रमन्त्री ज्यूलाई चीन भ्रमणको निमन्त्रणा प्राप्त भएको थियो ।’

परराष्ट्र मन्त्रालयले भ्रमणका एजेण्डाहरु पनि तय भइरहेको र भ्रमण सम्पन्न नभई ती विषयहरु सार्वजनिक गर्न हतार हुने पनि जनाएको छ । प्रवक्ता लम्सालले मन्त्री खडकाको चीन भ्रमणका क्रममा दुई मुलुकबीचको विविध विषयमा छलफल भएपछि मात्रै त्यसबारे जानकारी गराउन उपयुक्त हुने बताउनु भयो ।

प्रवक्ता लम्सालले अमेरिकी सभामुख नान्सी पेलोसीको ताईवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालीरहेको बताउनु भयो । उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा नेपाल सदैव ‘एक चीन नीति’को समर्थनमा रहेको पनि स्मरण गराउनु भयो । अमेरिकी सभामुख पेलोसीको भ्रमणलाई चीनले आफनो मुलुकको सार्वभौमसत्ता र स्वाधिनतामाथिको आक्रमण भनेको छ । प्रवक्ता लम्सालले एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालले यस घटनालाई नजिकबाट नियालीरहेको छ । नेपालले सदैव एक चीन नीति समर्थन गर्दै आएको छ । दुवै मुलुकले एकअर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएका छन । एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तराष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको कुरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।’

परराष्ट्र मन्त्रालयले नेपाल–चीन दुवै मुलुकले सदैव एक अर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएको जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका