तत्काल निक्षेपको ब्याजदर नबढाउने नेपाल बैंकर्स संघकाे निर्णय • Nepal's Trusted Digital Newspaperतत्काल निक्षेपको ब्याजदर नबढाउने नेपाल बैंकर्स संघकाे निर्णय • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तत्काल निक्षेपको ब्याजदर नबढाउने नेपाल बैंकर्स संघकाे निर्णय

तत्काल निक्षेपको ब्याजदर नबढाउने नेपाल बैंकर्स संघकाे निर्णय

  • समाचारपाटी
  • शुक्रबार, साउन २०, २०७९
तत्काल निक्षेपको ब्याजदर नबढाउने नेपाल बैंकर्स संघकाे निर्णय

काठमान्डौं । नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउनुपर्ने सन्देश दिएपनि बैंकहरुले तत्काल ब्याजदर नबढाउने निर्णय गरेको एक बैंकरले बताउनुभयाे ।

राष्ट्र बैंकले संस्थागत प्रकृतिको मुद्धती निक्षेपको अधिकतम ब्याजदर व्यक्तिगत प्रकृतिको मुद्धती निक्षेपको अधिकतम ब्याजदर भन्दा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको थियो ।

यसअधि १ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्थामा राष्ट्र बैंकले संशोधन गरेपछि बैंकर्स संघले शुक्रबार बिहान पूर्ण बैँक बोलाएको थियो ।

शुक्रबार भएको छलफलमा सबै बैंकका सीईओले राष्ट्र बैंकको निर्देशनअनुसार भदौको लागि ब्याजदर प्रकाशित गर्दा संस्थागत मुद्धती निक्षेपको ब्याजदर समायोजन गर्ने र अन्य ब्याजदरलाई निरन्तरता दिने सहमति भएको एक बैंकर्सले बताउनुभयाे ।

अहिले पनि मुद्रास्फीति भन्दा निक्षेपको ब्याजदर उच्च रहेको भन्दै ब्याजदरलाई स्थायीत्व दिनुपर्ने सहमति भएको उहाँले बताउनुभयाे । बैंकदर र नीतिगत दर बढेपछि बेस रेटमा त्यतिकै दवाब पर्ने भएकोले निक्षेपमा थप ब्याजदर बढाएर कर्जाको ब्याजदर महँगो बनाउँदा पनि समस्या हुनसक्ने भएकोले भदौमा पनि अहिलेकै ब्याजदरलाई राष्ट्र बैंकको निर्देशनअनुसार समायोजन गरेर निरन्तरता दिन उहाँको भनाइ छ ।

यता राष्ट्र बैंकले भने नीतिगत दर र बैंकदर परिवर्तन भएपछि निक्षेपको ब्याजदर बढाउन सक्छौं भन्नु भनेकाे ब्याजदर बढाउन सन्देश दिएको बताएका थिए ।

हाल व्यक्तिगत मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका बैंकले संस्थागतमा १०.०३ प्रतिशत ब्याजदर दिदै आएका थिए । तर, अब बैंकहरुले संस्थागत निक्षेपमा दिने अधिकतम ब्याजदर ९.०३ प्रतिशत कायम हुने भएको छ ।

source:-onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका