काठमान्डौं । नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। आज छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । प्रतितोला सुन ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुन प्रतितोला ९६ हजार १ रुपैयाँमा काराेबार भएको थियो। यस्तै, आज तेजावी सुनको मूल्य ९६ हजार ३ सय कायम भएको छ।
आज सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा वृद्धि भएको छ। आज १० रुपैयाँले बढेर चाँदी प्रतितोला १२२० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन बिहीबार चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भएको थियो।