'जनताले चाहेको जस्तो सरकारी संस्थामा डेलिभरीको काम भएको छैन':रमेशकुमार हमाल • Nepal's Trusted Digital Newspaper'जनताले चाहेको जस्तो सरकारी संस्थामा डेलिभरीको काम भएको छैन':रमेशकुमार हमाल • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • ‘जनताले चाहेको जस्तो सरकारी संस्थामा डेलिभरीको काम भएको छैन’:रमेशकुमार हमाल

‘जनताले चाहेको जस्तो सरकारी संस्थामा डेलिभरीको काम भएको छैन’:रमेशकुमार हमाल

  • समाचारपाटी
  • शुक्रबार, साउन २०, २०७९
‘जनताले चाहेको जस्तो सरकारी संस्थामा डेलिभरीको काम भएको छैन’:रमेशकुमार हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले चालु आर्थिक वर्ष भित्रै घरजग्गा व्यवसायलाई पुँजी बजारमा ल्याउने बताउनुभएको छ ।बिहीवार काठमान्डौमा आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित धितोपत्र बजारको वर्तमान अवस्था तथा आगमी पाँच वर्षको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो बताउनुभएको हो । उहाँले सरकारको नीति बजेटले नै व्यवस्था गरेकाले रियलस्टेड सेक्टरलाई पुँजी बजारमा ल्याउने दाबी गर्नुभयो । हमालले चालु आर्थिक वर्षभित्र नै साना मझौला तथा लघु उद्योग तथा कम्पनीहरु (एसएमईज) हरुलाई समेत पुँजी बजारमा ल्याउने बोर्डको नीति रहेको बताउनु भयो । अध्यक्ष हमालले स्थापित कम्पनीको स्वामित्व जनतामा गयो भने जनताको आर्थिक स्थिति पनि सुधार हुने बताउनु भयो । उहाँले दुई महिनाभित्र नेप्सेमा प्राविधिक समस्या भए समाधान गरेर जाने बताउनु भयो । उहाँले बुक बिल्डिङ प्रभावकारी रूपमा अगाडि लैजानुपर्ने बताउनु भयो । अध्यक्ष हमालले बुक बिल्डिङ प्रणालीमा विगतमा भएको दुर्घनालाई अर्काे दुर्घटना नहुने गरी काम गर्ने जिम्मेवारी बोर्डको रहेको बताउनु भयो । उहाँले धितोपत्र बोर्डले दुई वर्षअघि नै कार्यान्वयनमा ल्याएको शेयर बजारको बुक बिल्डिङ प्रविधिलाई समेत सुव्यवस्थासहित निरन्तरता दिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘जनताले चाहेको जस्तो सरकारी संस्थामा डेलिभरीको काम भएको छैन । नेपालको सबैभन्दा ठूलो बिडम्बना हो । यो सन्तुलनलाई मिलाउन सबै सहभागी कम्पनीहरु मिलाउन र अवसर दिन रियलस्टेड अर्थात घरजग्गा व्यवसायलाई पुँजी बजारमा ल्याउनु पर्नेछ । हामीले यो वर्षभित्र नै एक्सेन्ज सञ्चालनमा ल्याउँछौं । त्यस्तै वर्ष साना मझौला तथा लघु उद्योग तथा कम्पनीहरु (एसएमईज) हरुलाई समेत पुँजी बजारमा भित्रयाउने छौं । दुई महिनाभित्र प्राविधिक समस्या समाधान गरेर सुरक्षित बनाउनु पर्छ । जुन कम्पनी अडिट गर्नसक्ने अवस्थामा छैनन । तर नेप्सेमा समावेश छन भने छुटै वर्गिकरण गर्नुपर्छ । बुक बिल्डिङ प्रभावकारी रूपमा अगाडि लैजानुपर्छ । बजारको सन्तुलनमा धेरै काम गर्नुपर्ने छ । यसले अवसर पनि सिर्जना गर्नेछ । बुक बिल्डिङ प्रणालीमा अर्काे दुर्घटना नहोस । दुर्घटना भयो भने त्यसलाई पुनः शुरू गर्न ठूलो मिहेनत चाहिन्छ । स्थापित कम्पनीको स्वामित्व जनतामा गयो भने जनताको आर्थिक स्थिति पनि सुधार हुनेछ । धितोपत्र बोर्डले दुई वर्षअघि नै कार्यान्वयनमा ल्याएको शेयर बजारको बुक बिल्डिङ प्रविधिलाई समेत सुव्यवस्थासहित निरन्तरता दिनेछ । बुक बिल्डङमा धितोपत्र बोर्ड सचेत छ, समस्या नआउने गरी आगामी दिनमा बढनेछौं । यसमा मिडियाकर्मी साथीहरूको साथ र सपोर्ट पनि चाहन्छु ।’

अध्यक्ष हमालले बोर्डले हरेक काम शेयर बजारका लगानीकर्ताको हक हीतमा काम गर्ने बताउनु भयो । उहाँले बोर्डले कुनैपनि निर्णय गर्दा बोर्डले लगानीकर्ताको हीत सोचेर मात्रै गर्ने बताउनु भयो । अध्यक्ष हमालले धितोपत्र बजारमा समस्या र चुनौती धेरै भएपनि त्यही चुनौतीका बीच अवसर खोज्नुपर्ने बताउनु भयो । उहाँले शेयर बजारलाई लगानीकर्ताले विश्वास गरेकाले बोर्डले लिएको उदेश्य पूरा हुने बताउनु भयो ।

अध्यक्ष हमालले भन्नुभयो,‘हाम्रो उदेश्य पूरा हुन्छ । किनकी शेयर बजारलाई लगानीकर्ताले विश्वास गरेका छन । लगानीकर्ता भएकाले हामी छौं । लगानीकर्ता भएनौं भने हामी छैनौं । बोर्डले लगानीकर्ताको हीतलाई सोचेर मात्रै हेरक नीति बनाएका छौं । बोर्डले सोच्ने के हो भने लगानीकर्ताको हक र हीत संरक्षणको लागि काम भयो कि भएन र सुरक्षा प्रदान भएकी भएनन भनेर काम गरौं भने सुरक्षित स्थानमा पुग्नसक्छौं भन्ने पूर्ण विश्वास छ । आइपीओ निस्काशन गर्दा साधरण लगानीकर्तालाई थप आर्थिकभार नपर्ने गरी मात्रै आइपीओ स्वीकृत गर्ने भनेका छौं । लगानीकर्तालाई बचाउने भनेको बोलेर होइन काम गरेर हो । हाम्रो व्यवहारमा परिणत भयो की भएन । त्यो हामी व्यवहारमा परिणत गदैर्छौं ।’

 

अध्यक्ष हमालले सेयर ब्रोकरहरुको धेरै संख्यामा आवश्यक नभएको भन्दै पुँजी वृद्धिसँगै गुणात्मक सुधारमा लाग्नुपर्ने बताउनु भयो ।

Sequence 01.07 04 41 10.Still5036 Sequence 01.07 04 44 20.Still5040 Sequence 01.07 05 34 10.Still5039 Sequence 01.07 07 26 21.Still5041

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका