द भ्वाइस अफ नेपाल सिजन ४ मा दुई निर्णायक परिवर्तन • Nepal's Trusted Digital Newspaperद भ्वाइस अफ नेपाल सिजन ४ मा दुई निर्णायक परिवर्तन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • द भ्वाइस अफ नेपाल सिजन ४ मा दुई निर्णायक परिवर्तन

द भ्वाइस अफ नेपाल सिजन ४ मा दुई निर्णायक परिवर्तन

  • समाचारपाटी
  • शुक्रबार, साउन २०, २०७९
द भ्वाइस अफ नेपाल सिजन ४ मा दुई निर्णायक परिवर्तन

द भ्वाइस अफ नेपाल सिजन ४ को लागि दुई निर्णायक परिवर्तन गरिएको छ । बिहीवार काठमान्डौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो । परिवर्तित निर्णयकमा राजेशपायल राई र प्रविशा अधिकारी हुनुहुन्छ । त्यस्तै पुराना निर्णयक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाउनुभएको छ । गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर रहेको छ । सिजन ४ को निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

डिजिटल अडिशनमा सहभागी भएका करिव ४१ हजार आवेदक मध्येबाट छानिएका १२० बढी प्रतिभाहरु ब्लाइण्ड अडिशनको तयारीमा रहेका छन । अडिशनमा नेपालसहित विभिन्न देशमा बसोवास गर्ने नेपालीभाषी प्रतिभाहरुले पनि उत्साहजनक सहभागिता जनाएको आयोजकले जनाएको छ ।

भारत, थाइल्याण्ड, बर्मा, अस्ट्रेलिया र अमेरिका बासोवास गरिरहेका नेपालभूमीका प्रतिभाहरुले पनि अडिसनमा सहभागीता जनाएको आयोजकको भनाइ छ । कार्यक्रममा बोल्दै गायक राजेशपायल राईले कार्यक्रमले नयाँ प्रतिभाको खोजिमा जोड दिने बताउनु भयो । उहाँले आफनो खोजि पनि प्रतिभाकै खोजिमा रहने र राम्रोलाई प्रोत्साहन गर्नेमा हुने बताउनु भयो । त्यस्तै गायिका प्रविशा अधिकारीले आफनो लागि यो चुनौतीको विषय भएको बताउनु भयो । उहाँले वरिष्ठ कलाकारसँग बसेर निर्णय गर्नु आफैँमा कठिन रहेको बताउनु भयो ।

तीन सिजनसम्म निर्णायक रहेका वरिष्ठ गायक दीप श्रेष्ठले भने यस सिजनमा विश्राम लिनुभएको छ । आगामी एक महिना भित्र नै सिजन ४ को प्रशारण शुरु हुने आयोजकले जनाएको छ । शो हरेक शुक्रवार राति शनिवार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुनेछ ।

Sequence 01.06 57 30 16.Still5026 Sequence 01.06 57 42 24.Still5027 Sequence 01.06 57 53 20.Still5028 Sequence 01.07 00 16 05.Still5031 Sequence 01.07 00 27 17.Still5030

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका