आज सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । बैठक बिहान ९ बजेटबाट प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ । आजको बैठकमा आगामी निर्वाचनमा सत्तारुढ दलबीच सिट बाँडफाँडको विषयमा छलफल हुनेछ । सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति बिहीवार घोषणा गरिसकेको छ ।