आजबाट मतदाता नामावली संकलन नहुने • Nepal's Trusted Digital Newspaperआजबाट मतदाता नामावली संकलन नहुने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजबाट मतदाता नामावली संकलन नहुने

आजबाट मतदाता नामावली संकलन नहुने

  • समाचारपाटी
  • शुक्रबार, साउन २०, २०७९
आजबाट मतदाता नामावली संकलन नहुने

आजबाट आगामी निर्वाचनका लागि मतदाता नामावली संकलन नहुने भएको छ । निर्वाचन आयोगले आजबाट मतदाता नामावली संकलन नगर्ने जनाएको हो । गत असार १ गतेबाट आगामी प्रदेश र संघलाई लक्षित गरेर आयोगले मतदाता नामावली संकलन थालेको थियो ।

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन शुक्रवारदेखि रोकिएको छ ।

यसअघि अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा शनिवारसम्म काम हुने जनाएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका