'एसपीपीमा संलग्न नहुने भनेर पत्र पठाइएको भन्नुभयाे,खोई त्यो पत्र,के पत्र पठाउनु भयो:- सांसद लोहनी • Nepal's Trusted Digital Newspaper'एसपीपीमा संलग्न नहुने भनेर पत्र पठाइएको भन्नुभयाे,खोई त्यो पत्र,के पत्र पठाउनु भयो:- सांसद लोहनी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘एसपीपीमा संलग्न नहुने भनेर पत्र पठाइएको भन्नुभयाे,खोई त्यो पत्र,के पत्र पठाउनु भयो:- सांसद लोहनी

‘एसपीपीमा संलग्न नहुने भनेर पत्र पठाइएको भन्नुभयाे,खोई त्यो पत्र,के पत्र पठाउनु भयो:- सांसद लोहनी

  • समाचारपाटी
  • शुक्रबार, साउन २०, २०७९
‘एसपीपीमा संलग्न नहुने भनेर पत्र  पठाइएको भन्नुभयाे,खोई त्यो पत्र,के पत्र पठाउनु भयो:- सांसद लोहनी

नेकपा एमालेका सांसद खेमप्रसाद लोहनीले सरकारले एसपीपीमा सहभागी नहुने भनेर पत्र पठायौँ भनरे पत्र नपठाएको आरोप लगाउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारसँग संसदीय समितिले र सिंगो संसदले अमेरिकालाई एसपीपीमा सहभागी नहुने भनेर पठाएको पत्र माग गर्दा दिन हिच्किचाहट गरिरहेको बताउनु भयो । उहाँले नेपालीहरुको चासो र चिन्ताको विषयका बारेमा जानकारी नगराउनु सरकारको गैरजिम्मेवारीपन भएको बताउनु भयो । उहाँले सरकारले जनता र समितिलाई एसपीपी सम्झौतामा सहभागी नहुने भनेर पठाएको पत्र उपलब्ध नगराउनु राष्ट्रप्रतिको धोका भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एसपीपीमा संलग्न नहुने भनेर सरकारले निर्णय गर्यो भनेर संसदमा मन्त्रीज्यूले सुनाउनुभएको थियो । त्यसपछि पत्र पठाइएको छ भन्नुभएको थियो । खोई त्यो पत्र ? के पत्र पठाउनु भयो ? त्यो पत्र यत्रो ठूलो चर्चा चलिरहेको बेलामा यसलाई संसदमा पेस गर्नुपर्दैन ? के लेखियो ? कस्तो लेखिएको छ त्यसको बारेमा सरकारले जानकारी गराउनु पर्छ । हामीले माग गरेका छौँ । सरकारले पत्र नदिनु गैर जिम्मेवारी कुरा हो । समितिलाई निर्देशन दिँदा समेत जानकारी नगराउनु समिति र राष्ट्रप्रति नै धोका हो । सरकारले त्यसो गर्न मिल्दैन । सरकारले एसपीपीमा संलग्न हुँदैनौँ भन्ने र पत्र नपठाउने र पठायौं भनेर ढाँटछल गर्ने र पत्रको छायाँपत्र माग्दा नदिने भन्ने कुरा सरकारको जिम्मेवारी भएन ।’

सांसद लोहनीले सरकारले एसपीपीमा सहभागी हुनेपत्र पठायौँ भनेर पत्र नपठाइ जनतालाई ढाँटेको आरोप लगाउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका