७ सय ६० जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट एक जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaper७ सय ६० जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट एक जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ७ सय ६० जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट एक जनाकाे मृत्यु

७ सय ६० जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट एक जनाकाे मृत्यु

  • समाचारपाटी
  • बिहिबार, साउन १९, २०७९
७ सय ६० जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट एक जनाकाे मृत्यु

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ७ सय ६० जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ । पछिल्लो २४ घन्टामा २ हजार ५ सय ८९ जनाकाे पिसिआर परीक्षण गर्दा ४ सय ९४ र ३ हजार ३ सय ३७ जनाकाे एनटिजेन परीक्षण गर्दा २ सय ६६ जना गरी ७ सय ६० जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर ५ हजार ६ सय २ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

४७ हजार ३ सय ४१ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर ९ लाख ७१ हजार २ सय ५० जना काेराेना मुक्त भएका छन् ।

५ हजार ९ सय २६ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ६९ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका