अमेरिका एक चीन नीतिबिरुद्ध गयोः नेकपा • Nepal's Trusted Digital Newspaperअमेरिका एक चीन नीतिबिरुद्ध गयोः नेकपा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अमेरिका एक चीन नीतिबिरुद्ध गयोः नेकपा

अमेरिका एक चीन नीतिबिरुद्ध गयोः नेकपा

  • समाचारपाटी
  • बिहिबार, साउन १९, २०७९
अमेरिका एक चीन नीतिबिरुद्ध गयोः नेकपा

 

नेपालका कम्युनिष्ट पार्टीहरुले एक चीन नीतिमा नेपाल उभिनुपर्ने धाराणा राखेका छन । बिहीवार काठमान्डौंमा आयोजित पत्रकार सम्मेलनमा कम्युनिष्ट पार्टीका वक्ताहरुले नेपाल एक चीन नीतिमा अडिग रहनुपर्ने बताएका हुन । अमेरिकाको संसदकी सभामुख न्यान्सी पेलोसीले बुधवार ताईवानको भ्रमण गरेको विषयलाई नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुले अमेरिकाको यो भ्रमण एक चीन नीति विपरित भएको बताएका छन ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले अमेरिकाले चीनिबिरोधी गतिविधिहरु गरेको यो पहिलो पटक नभएको बताउनु भयो । उहाँले अमेरिकी संसदको सभामुखले ताईवानको प्रमुख शहर ताईपेईको भ्रमण गर्नु एक चीन नीतिबिरुद्ध भएको भन्दै नेपालले एक चीन नीतिको पक्षमा रहनुपर्ने बताउनु भयो ।

अध्यक्ष सुवेदीले नेपाल कम्युनिष्ट पार्टीले नेपालमा जबसम्म सामन्तवाद र साम्राज्यवाद रहन्छ तबसम्म विकास सम्भव नहुने उल्लेख गर्दै आएको भन्दै अमेरिकाले आईपीएस र एमसीसी लगायतका कार्यक्रम अघि सारेर चीनबिरुद्ध गतिविधि गरिरहेको बताउनु भयो । उहाँले अमेरिका चीनको बढदो शक्ति देखेर आत्तिएको भन्दै विभिन्न राष्ट्रमा घुसेर चीनिबिरुद्धका गतिविधि गरिहरेको बताउनु भयो ।

त्यस्तै नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेपाललाई अमेरिकी सैन्य अखडा बनाउन नदिने र नेपालबाट चीनबिरोधी गतिविधि गर्न नदिने कुरामा नेपाल कम्युनिष्ट पार्टी प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले चीनलाई घेर्ने अमेरिकी रणनीतिलाई सफल गर्न नदिने पक्षमा आफू रहेको बताउनु भयो । अध्यक्ष कट्टेलले नेकपा एक चीन नीतिको पक्षमा आफूलाई दृढताका साथ अघि बढाउने स्पष्ट पार्नुभयो । उहाँले अहिलेको सरकारका वर्ष दिनका गतिविधिले इण्डो अमेरिकी हीतमा समर्पित भएको संकेत गरेको आरोप लगाउनु भयो । उहाँले सरकार नेपालको हीतलाई छोडेर शक्तिको हीतमा समर्पित रहेको बताउनु भयो ।

अध्यक्ष कट्टेल ले प्रशान्त क्षेत्रीय रणनीतिक अन्तर्गतको हेड क्वार्टर नेपाललाई बनाउन नुवाकोट र पाल्पामा ठूलो मात्रामा जमीन किन्न लागेको बताउनु भयो ।

press2 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका