लामो अन्तरालपछि डिजे सन्तोषका नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक • Nepal's Trusted Digital Newspaperलामो अन्तरालपछि डिजे सन्तोषका नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लामो अन्तरालपछि डिजे सन्तोषका नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक

लामो अन्तरालपछि डिजे सन्तोषका नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक

  • समाचारपाटी
  • बिहिबार, साउन १९, २०७९
लामो अन्तरालपछि डिजे सन्तोषका नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक

लामो अन्तरालपछि डिजे सन्तोषले नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक गर्नुभएकाे छ । मंगलबार काठमान्डौंमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो । गीतमा डिजे सन्तोषसँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र सुरज शाही ठकुरीले स्वर भर्नुभएकाे छ । यस गीतको शब्द रचना टेकु कान्छाले गर्नुभएकाे हाे। भिडियोको निर्देशन पवित्रा आचार्य (पाउला) ले गर्नुभएकाे हाे ।

गीत सार्वजनिक कार्यक्रममा कलाकार सुनिल थापा, सरोज खनाल, गौरव पहाडी, गायिका प्रिति कौरलगाउत उपस्थित थिए । नेपालमा लोकगीतहरूलाई नयाँपन दिने श्रेय डिजे सन्तोषलाई जान्छ । चियाबारीमा, घरबेटी नानी, कलकत्ते काइय‍ो, मै छोरी सुन्दरीलगायत दर्जनौं नेपाली गीतलाई रिमिक्स गरेका डिजे सन्तोषले पछिल्ला डेढ दशक विदेशलाई कर्मथलो बनाएका थिए । अध्ययनका लागि थाइल्यान्ड गएका सन्तोष त्यसपछि हङकङमा संगीत क्षेत्रमै सक्रिय थिए ।

कार्यक्रममा बोल्दै कलाकार सुनिल थापाले नेपाली लोकसंगितको प्रवर्द्धनमा डिजे सन्तोषले गरेका प्रयासहरू प्रशंसनीय रहेको बताउनुभयाे । डिजे सन्तोषको लोक संगीतप्रतिको लगाव र साधना देख्दा उहाँलाई ‘लोकदोहोरी बाबा’ भनेर सम्बोधन गर्न मन लाग्ने उहाँले बताउनुभयाे ।J4A0645 scaled J4A0701 scaled J4A0702 scaled J4A0703 scaled J4A0708 scaled J4A0714 scaled J4A0716 scaled J4A0745 scaled J4A0755 scaled J4A0797 scaled J4A0959 scaled J4A1058 scaled

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका