यु २० साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर नेपाली टोली आज स्वदेश फर्किंदै छ । आज बिहीवार अपरान्ह ४ बजे टोली स्वदेश आइपुग्नेछ । भारतको भुवनेश्वमा भएको प्रतियोगितामा नेपाल फाइनलमा पुग्न नसकेको नेपाली टोलीले दुई खेलमा जित, एक बराबरीसँगै एक खेलमा हार व्यहोरेको थियो ।