चौथो साहारा एप सगरमाथा म्युजिक अवार्डको आवेदन फारम खुल्ला • Nepal's Trusted Digital Newspaperचौथो साहारा एप सगरमाथा म्युजिक अवार्डको आवेदन फारम खुल्ला • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चौथो साहारा एप सगरमाथा म्युजिक अवार्डको आवेदन फारम खुल्ला

चौथो साहारा एप सगरमाथा म्युजिक अवार्डको आवेदन फारम खुल्ला

  • समाचारपाटी
  • बिहिबार, साउन १९, २०७९
चौथो साहारा एप सगरमाथा म्युजिक अवार्डको आवेदन फारम खुल्ला

काठमान्डौं । चौथो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७९ हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अवार्डको तिन संस्करण भव्यरुपमा सम्पन्न भइसकेको छ ।

अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले टाइटल स्पोन्सर गरेको छ भने ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ । साहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा २०७८ बैशाखदेखी २०७८ चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयाे । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिनुभयाे ।

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको ज्योति विकास बैंकको प्रस्तुति साहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिनुभयाे । साहारा एप चौथो सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

Sagarmatha Music Awards 2079

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका