सप्तकोशीको बाँध फुटेपछि स्थानीयहरुको विचल्ली • Nepal's Trusted Digital Newspaperसप्तकोशीको बाँध फुटेपछि स्थानीयहरुको विचल्ली • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सप्तकोशीको बाँध फुटेपछि स्थानीयहरुको विचल्ली

सप्तकोशीको बाँध फुटेपछि स्थानीयहरुको विचल्ली

  • समाचारपाटी
  • बुधबार, साउन १८, २०७९
सप्तकोशीको बाँध फुटेपछि स्थानीयहरुको विचल्ली

सप्तकोशीको बाँध फुटेपछि स्थानीयहरुको विचल्ली

सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेसँगै डुबानमा परेको बस्तीका बासिन्दाहरु प्रभावित भएका छन ।

सप्कोशी नदीको बाँध फुटेर बस्तीमा पसेको उदयपुरको बेलका नगरपालिका १,२,३,८ र ९ नम्बर वडाको क्षेत्रमा बाढी पसेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडा पनि डुबानमा परिसकेको छ । बुधवार बिहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको थियो । जसको असर क्रमशः सप्तरी र सुनसरीमा समेत पर्ने देखिएकोले तीन जिल्लामा शतर्कता अपनाइएको छ । बस्तीमा पसेका कारण आसपासका उदयपुर, सुनसरी, सप्तरी लगायतका जिल्लाका करिव २० हजार मानिस प्रभावित हुनसक्ने आँकलन गरिएको छ । नदीको धार पुरानो ठाउँमा फर्किंदा बस्ती डुबानमा परेको स्थानीयहरुको भनाइ छ । बस्तीमा बाढी पसेसँगै स्थानीयहरु आफना सामान पोको पारेर सुरक्षित स्थानतर्फ लागेका छन । गाउँ डुबिनसकेपनि सरकारले डुब्नसक्ने जोखिमका कारण सुरक्षित स्थानमा जान आग्रह गरेको स्थानीयहरु बताउँछन । पानीको मात्रा बढीरहेकोले वस्तुभाउ छोडेर निस्किएको स्थानीयहरुले बताए । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन । पूर्वी नेपालमा अविरल वर्षाका कारण पानीको सतह झनै बढदै गएकोले जोखिम अझै बढनसक्ने अनुमान छ । पानीको सतह बढदै गए चार हजार घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ । जोखिम क्षेत्रको रेखाङ्कन गरेर थप शतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ ।

नदी कटानले कोशीको बहाव गाँउतिर पसेको स्थानीयहरु बताउँछन । बराहक्षेरत्रस्थित श्रीलंका टापुमा गएरातिबाट सप्तकोशीको भंगालो पसेको त्यहाँ फसेका बासिन्दालाई उद्धार गर्न समस्या भइरहेको बताइएको छ । सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ डुम्रीबोट र लाहुरेखोच क्षेत्रको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीसहितको टोलीले आज स्थलगत अनुगमन गरिसकेको छ भने प्रभावित बासिन्दाको सुरक्षा र उद्धार कार्यमा सहजीकरण गर्ने काम भइरहेको छ । सप्तकोशीबाट बस्ती क्षेत्रमा पसेको पानीले बेलका नगरपालिका तथा सप्तरीका कञ्चनरुप र सप्तकोसी नगरपालिकामा समेत क्षति गर्नसक्ने अनुमान छ ।

saptakoshi2 saptakoshi3 saptakoshi6

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका