नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूकाे बिरोध प्रदर्शन • Nepal's Trusted Digital Newspaperनेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूकाे बिरोध प्रदर्शन • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूकाे बिरोध प्रदर्शन

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूकाे बिरोध प्रदर्शन

  • समाचारपाटी
  • बुधबार, साउन १८, २०७९
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूकाे बिरोध प्रदर्शन

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले बिरोध प्रदर्शन गरेको छ ।

बुधवार आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियू वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको हो । अनेरास्ववियुले बिरोध प्रदर्शनसँगै निगमलाई स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गर्न माग ज्ञापनपत्र समेत बुझाएको छ । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको र आइओसीले नेपाललाई मूल्य घटाएर पठाउँदा समेत नेपाल आयल निगमले समायोजन नगरेको भन्दै बिरोध प्रदर्शन गरेका हुन । अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष आरसी लामिछानेले पेट्रोलियम पदार्थको स्वचालित रुपमा मूल्य समायोजन नभएसम्म विरोधका कार्यक्रम जारी राखिने बताउनु भयो । उहाँले अहिले सिंहदबार भित्र बसेर आयल निगम सक्ने गरी निजीकरणको तानामान बुन्दै गरेको बताउनु भयो । लामिछानेले जनताको पक्षमा निर्णय गर्न चुक्न नहुने बताउनु भयो ।

त्यस्तै,नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले अनेरास्ववियूको ज्ञापनपत्र बुझदै स्वचालित मूल्य प्रणाली लागू गर्न निगम प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले निगमले अहिले पनि १४ अर्ब भारतीय रुपैयाँ भारतको आयल निगमलाई बुझाउन बाँकी रहेकाले माग पूरा गर्न नसकेको बताउनु भयो ।

उहाँले विद्यार्थी संगठनले गरेको माग अनुसार आयल निगमको अवस्थाबारे आज नै विज्ञप्ती सार्वजनिक गर्ने बताउनु भयो । बिरोध प्रदर्शनमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाबिरुद्ध नाराबाजी गर्नुका साथै,मूल्य वृद्धि फिर्ता गर,आयल निगमका दलालहरु होसियार,पेट्रोलियम पदार्थको मूलयवृद्धि समायोजन गर,स्वचालित मूल्य प्रणाली कायम गर, जनताको चुलो निभाउन पाइँदैन,परमादेशी सरकार चाहिँदैन जस्ता नारा समेत लगाएका थिए ।

 

mulya mulya2 mulya3 mulya5 Sequence 01.07 11 37 01.Still4916

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका