''श्रीलंका टापुका सर्वसाधारणले उद्धार गर्न पर्दैन भनेका छन्'':-सुनसरीका सीडीओ • Nepal's Trusted Digital Newspaper''श्रीलंका टापुका सर्वसाधारणले उद्धार गर्न पर्दैन भनेका छन्'':-सुनसरीका सीडीओ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ”श्रीलंका टापुका सर्वसाधारणले उद्धार गर्न पर्दैन भनेका छन्”:-सुनसरीका सीडीओ

”श्रीलंका टापुका सर्वसाधारणले उद्धार गर्न पर्दैन भनेका छन्”:-सुनसरीका सीडीओ

  • समाचारपाटी
  • बुधबार, साउन १८, २०७९
”श्रीलंका टापुका सर्वसाधारणले उद्धार गर्न पर्दैन भनेका छन्”:-सुनसरीका सीडीओ

श्रीलंकाटापु । सप्तकोशीको पानीले चारैतिरबाट घेरिएका श्रीलंका टापुका सर्वसाधारणले आफूहरु सुरक्षित रहेको बताएका छन् । बराह क्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ श्रीलंका टापुको चारैतिरबाट सप्तकोशीको पानीले घेरिएको तर त्यहाँका सर्वसाधारणले अहिले नै उद्धार जरुरी नरहेको बताएका सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयाे ।

‘बराह क्षेत्र नगरपालिका ६ र ९ मा ५०० घरधुरीका २५ सय जनसंख्या छ, उहाँहरुले अझै असुरक्षित छौं भन्नुभएको छ, उहाँहरुसँग पशुधन पनि छ’ उहाँले भन्नुभयाे । आफूहरु खतराको अवस्था बुझ्न श्रीलंका टापु जान लागेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयाे ।

त्यहाँ औषधि, खाद्यान्न जस्ता अत्यावश्यक वस्तु अभाव हुन नदिनेमा सचेत रहेको पनि उहाँले जानकारी दिनुभयाे । त्यस्तै उदयपुरको बेलका नगरपालिकाका १, २, ३, ८ र ९ का बासिन्दा पनि डुवानको जोखिममा रहेको र उनीहरुलाई रबर बोटबाट उद्धार गरिरहेको सुनसरीका प्रजिअ यादवले बताउनुभयाे ।

‘त्यहाँ दुई हजार घरधुरीका १८ हजार सर्वसाधारण विस्थापनको जोखिममा रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरीले रबर बोटबाट उद्धार गरिरहेको छ र विद्यालय लगायत सार्वजनिक भवनमा राखेको छ’ उहाँले भन्नुभयाे ।

source:-onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका