तीजको अवसरमा ५ दिने डाबर वाटिका तीज फेस्टिवल ''श्रृजनशील उद्यमी मेला २०७९'' हुने • Nepal's Trusted Digital Newspaperतीजको अवसरमा ५ दिने डाबर वाटिका तीज फेस्टिवल ''श्रृजनशील उद्यमी मेला २०७९'' हुने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तीजको अवसरमा ५ दिने डाबर वाटिका तीज फेस्टिवल ”श्रृजनशील उद्यमी मेला २०७९” हुने

तीजको अवसरमा ५ दिने डाबर वाटिका तीज फेस्टिवल ”श्रृजनशील उद्यमी मेला २०७९” हुने

  • समाचारपाटी
  • बुधबार, साउन १८, २०७९
तीजको अवसरमा ५ दिने डाबर वाटिका तीज फेस्टिवल ”श्रृजनशील उद्यमी मेला २०७९” हुने

नेपाली महिला दिदिबहिनीहरुको महान पर्व हरितालिका तीजको अवसरमा महिला श्रृजनशील केन्द्रको आयोजना तथा राईजिङ्ग नेपाल प्रा.लि.-Event Sansar.com) को व्यवस्थापनमा १९ औं डाबर वाटिका तीज फेस्टिवल ”श्रृजनशील उद्यमी मेला २०७९” हुने भएको छ ।

यहि श्रावण २७ देखि ३१ गते सम्मका लागि १९ औं डाबर वाटिका तीज फेस्टिवल ”श्रृजनशील उद्यमी मेला २०७९” को आयोजना भएको हाे ।

यस मेलालाई डाबर नेपालको डाबर वाटिका स्याम्पुले मुख्य प्रायोजन गरेको छ भने कान्तिपुर पब्लिकेशनको नारी म्यागजिनले मुख्य सहप्रायोजन गरेको छ । उक्त ५ दिने मेला वल्र्ड ट्रेड सेन्टरको चौथो तल्ला DECC,, त्रिपुरेश्वर, काठमान्डौंमा आयोजना हुन लागेको हो ।

श्रृजनशील महिला दिदीबहिनीहरुलाई सीप र दक्षताको अभिवृद्धि गराई उद्यमशिलता तथा स्वरोजगार तर्फ प्रेरित गर्दै महिला दिदी बहिनीहरुलाई आर्थिक रुपमा सबल बनाई प्रविधि मैत्री वातावरण सिर्जना गरी एक सफल उद्यमी बनाउने लक्ष्यका साथ विगत १९ वर्ष देखि श्रृजनशील उद्यमी मेलाको आयोजना हुदै आएको हो ।

विशेषतः अशिक्षित, भेदभाव तथा अवसरबाट वञ्चित महिला समुदायहरुलाई सीप सिकाई उनिहरुको सिर्जना तथा उत्पादनलाई बजारिकरण गर्न यस मेलालाई अवसरको रुपमा लिन सकिन्छ ।

प्रेस विज्ञप्तिमा भनिएकाे छ:-”आजको समयमा पनि अधिकांश महिला दिदीबहिनीहरु नेपाली समाजको पुरानो तथा रुढीवादी सोच र परम्परामा ग्रसित तथा पुरुषवादी चिन्तनमा रुमलिएको अवस्थामा यस संस्थाद्वारा संचालित सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक, प्रशासनिक लगायत सम्पूर्ण क्षेत्रमा पहुँच पुर्याउने विभिन्न किसिमका मेला, गोष्ठी, सेमिनार, तालिम तथा कार्यक्रमहरुको फलस्वरुप ७ सय भन्दा बढी दिदीबहिनीहरु स्वरोजगार भई काम गर्न सफल भई सक्नु भएको छ । यस पटक हुने वृहत् मेलामा १ सय भन्दा बढी स्टलहरु रहने कुराको जानकारी गराउन चाहान्छाैँ । त्यसैगरी २५ सय भन्दा बढी आगन्तुकलेअवलोकन गर्ने अपेक्षा गरेका छौं ।”

यस मेलाका मुख्य आर्कषणहरु यस प्रकार रहेका छन् 

घरेलु तथा हस्तकलाका सामग्रीहरुको प्रर्दशनी,  तीज विशेष खानाका परिकारहरु,  महिला उद्यमशिलता र वित्तिय पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रम,  निशुल्क स्वास्थ्य शिविर , फोटो सुट,  मेहेन्दी आर्ट , हात खालि नजाने विशेष उपहारहरु राखिएको छ ।

यस मेलामा काठमान्डौं महानगरपालिका, किर्तिपुर नगरपालिका साथै चन्द्रागिरी नगरपालिको सहयोगमा केहि स्टलहरु रहने छन् । साथै आयोजकद्धारा १० वटा भन्दा बढि स्टल असाय, अशक्त, अपाङ्ग र ग्रामिण क्षेत्र पिछडिएका दिदिबहिनीहरुलाई निशुल्क प्रदान गरिएको छ ।

 

TPS DSC8910 scaled

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका