क्लब तथा विद्यालयलाई पोखरा महानगरपालिका १ वडा कार्यालयले खेलकुद समाग्री सहयोग • Nepal's Trusted Digital Newspaperक्लब तथा विद्यालयलाई पोखरा महानगरपालिका १ वडा कार्यालयले खेलकुद समाग्री सहयोग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • क्लब तथा विद्यालयलाई पोखरा महानगरपालिका १ वडा कार्यालयले खेलकुद समाग्री सहयोग

क्लब तथा विद्यालयलाई पोखरा महानगरपालिका १ वडा कार्यालयले खेलकुद समाग्री सहयोग

  • समाचारपाटी
  • बुधबार, साउन १८, २०७९
क्लब तथा विद्यालयलाई पोखरा महानगरपालिका १ वडा कार्यालयले खेलकुद समाग्री सहयोग

पोखरा । पोखरा महानगरपालिका १ वडा कार्यालयले सामाजिक क्रियाकलापमा सक्रिय रहदैं आएको विभिन्न क्लब तथा विद्यालयलाई खेलकुद समाग्री प्रदान वितरण गरेको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गर्दै पोखरा १ का वडाध्यक्ष साहरा प्रधानको नेतृत्वमा ६ वटा क्लब र ३ विद्यालयलाई खेलकुदको समाग्री सहयोग प्रदान गरेको हो ।

राष्ट्रिय उच्च मावि, सँस्कृत मावि र रत्न प्राविलाई भलिबल, बास्केटबल तथा फुटबल सहयोग गरिएको वडा सदस्य शोभा गुरुङले जानकारी दिनुभयाे । उहाँका अनुसार बिटी क्लब, बगर भाइखलक, भिमकाली क्लब, त्रिशक्ति युवा क्लब, रत्न समाज र इन्द्रेणी एकीकृत विकास केन्द्रलाई ७÷७ थान फुटबल सहयोग गरिएको थियो।

जसमध्ये ५÷५ वटा ट्रेनिङ बल र २÷२ वटा म्याच बल वितरण गरिएको सदस्य गुरुङले जानकारी दिनुभयाे । उहाँले फुटबल विकासमा लागेको क्लबहरुलाई वडाबाट खेलकुदका समाग्री प्रदान गर्ने कार्यतालिका अनुरुप सहयोग गरेको बताउनुभयाे ।

उहाँले आगामी दिनमा समेत वडा कार्यालय रहेको महसुस गर्ने गरि विभिन्न सामाजिक संस्था तथा क्लबहरुसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताउनुभयाे । यसैगरी बल ग्रहणगर्दै बिटी क्लबकी अध्यक्ष विजया गुरुङले वडाप्रति आभार प्रकट गर्नुभयाे ।

विगत लामो समयदेखि फुटबलको विकासमा लागिपरेको क्लबलाई खेलकुद समाग्री सहयोग गर्नु उदाहरणीय कार्य रहेको भन्दै खुशी व्यक्त गरिन् । ‘पोखरामा क्रियाशिल क्लब मध्य हामी पनि हौं, उहाँले भनिन्, ‘प्रतियोगिता तथा क्लबमा सहयोग धेर थोर पाउँदै आएका छौं अहिले वडाबाट पनि फुटबल सहयोग पाएका छौं । यसले गर्दा हामीलाई फुटबलको क्षेत्रमा थप काम गर्न उतप्रेरण मिलेको छ ।’

296231776 549244610232454 6595346179004831690 n 296487791 8051468984893901 8211517852795677180 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका