आज राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा मूल्यवृद्धिको बिरोधमा प्रदर्शन गर्ने भएको छ । राप्रपाको सबै भातृ संगठनको संयुक्त आयोजनामा भ्रष्टाचार, नागरिता विधेयक र अन्य विकृतिहरूको बिरोधमा देशका ७७ वटै जिल्ला सदरमुकाममा कालोपट्टी बाँधेर वा कालो कपडा लगाएर प्रदर्शन र कोणसभा गर्ने कार्यक्रम रहेको छ ।